चाँंगु ४ मा रोजबहादुर तामाङ वडा अध्यक्षसहित एमालेको प्यानलै विजयी
जेठ २, २०७९, सोमबार | दिउँसो ०१:२१ बजे | 20
भक्तपुर । भक्तपुरको चाँगुनारायण वडा न. ४ मा एमालेको प्यानल नै विजयी भएको छ । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत सो वडाको मंगलबार सम्पन्न मतगणनासँगै एमालेको पूरै प्यानल विजयी भएको हो ।
सो वडामा नेकपा एमालेकातर्फबाट उम्मेदवार बनेका रोजबहादुर तामाङले १३२५ मतका साथ जितेका छन् । सो वडामा महिला सदस्यले १४९८, दलित महिला सदस्यले १३९४, वडा सदस्यद्वयले क्रमशः १२८७ र १२७० मत पाएका थिए ।
एमालेकातर्फबाट अध्यक्षका निकटम प्रतिद्वन्द्वी बलबहादुर श्रेष्ठले ११०५ मत पाएका थिए । एमालेले विजय हासिल गरेसँगै मतगणनास्थल खरिपाटीबाट विजय याली गरेका छन् ।
सो वडामा एमालेबाट विद्रोह गरी बागी उम्मेदवारका रुपमा दिनेश खनालले पनि उम्मेदवारी दिएका थिए । मतगणनाको सुरुवाती रुझानमा खनालले एमाले र काँग्रेस दुबैलाई ¥याख्¥याख्ती गरेको थियो ।