चाँंगु ४ मा स्वतन्त्र अगाडि, ५ मा नेमकिपा
जेठ २, २०७९, सोमबार | विहान ०४:०४ बजे | 60
भक्तपुर । स्थानीय तहको निर्वाचन सकिएपछि धमाधम मत गणना जारी छ । त्यसमा भक्तपुर जिल्लाको .चाँगुनारायण नगरपालिका वडा नं. ४ मा स्वतन्त्र उम्मेदवार दिनेश खनालले अग्रता लिइरहेका छन् । धारो चुनाव चिन्ह् लिएर निर्वाचनमा सहभागी भएका खनालले ३८८ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार रोजबहादुर तामाङ्गले २३५ मतका साथ पछ्याइरहेका छन् । यता चाँंगु ५ छालिंगमा भने नेपाल मजदुर किसान पार्टीका वडा अध्यक्ष न्हुछेंभक्त फोंजू अग्रतामा छन् ।