भक्तपुर ६ को वडा अध्यक्षमा डा सुवालको प्यानल विजयी
जेठ २, २०७९, सोमबार | विहान ०२:३३ बजे | 55
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ६ को वडा अध्यक्षमा डा हरिराम सुवाल विजयी भएका छन् । राजनीति गर्ने व्यक्तिहरुको धेरै अध्ययन हुँंदैन भन्ने नेपाली मान्यतालाई गतल सावित गरी डा हरिराम सुवाल लामो समयदेखि राजनीतिमा छन् । डा सुवालले नेपाल मजदुर किसान पार्टीकोतर्फबाट वडा अध्यक्षमा उम्मेदबारी दिएको
हो ।
डा सुवालको टिम नै विजयी भएको छ । उनको टिमले अत्याधिक बहुमतले विजयी भएको हो । वडा अध्यक्ष डा सुवालले तीन हजार दुई सय २९ मत पाएका छन् । उनका निकटम प्रतिद्धन्द्धी नेपाल कम्युनिष्ट पार्टी एमालेबाट वडा अध्यक्षमा उम्मेदबारी दिएका भूपेन्द्रप्रसाद नेपालीले तीन सय २२ मत पाएका छन् । डा सुवालको टिममा नेपाल मजदुर किसान पार्टीका पुराना नेता गोविन्द दुवालसमेत वडा सदस्यमा विजयी भएका छन् । दुवाल भक्तपुरबाट पूर्व राष्टिय पञ्चायत (पञ्चायतकालमा अहिलेको संसद सदस्य जस्तो) सदस्य हुन् ।