भक्तपुर ५ मा विजुक्छेंको प्यानलै विजयी
जेठ २, २०७९, सोमबार | विहान ०१:४३ बजे | 60
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा योगेन्द्रमान विजुक्छेंको प्यानल नै विजयी भएको छ । नेपाल मजदुर किसान पार्टीबाट उम्मेदबारी दिएका उनको टिमले अत्याधिक बहुमतले विजयी भएको हो । वडा अध्यक्ष विजुक्छेंले दुई हजार सात सय ७६ मत ल्याएका छन् । उनका निकटम प्रतिद्धन्द्धी कांग्रेसका वडा अध्यक्षले ६ सय ५७ मत ल्याएका छन् ।