भक्तपुर नगरमा मनाइयो भव्य बुद्ध जयन्ती समारोह


जेठ १, २०७९, आइतबार | विहान ०६:५९ बजे | 65


भक्तपुर नगरमा मनाइयो भव्य बुद्ध जयन्ती समारोह

भक्तपुर । यो वर्ष बुद्ध सम्वत् २५६६ अर्थात् विक्रम संवत् २०७९ को बुद्ध जयन्ती तीन दिन विभिन्न कार्यक्रमहरु गरी मनाउन सुरु भएको छ । मुनि विहार इनाचो भक्तपुरका प्रमुख भिक्षु विपश्वी समारोह समितिको प्रमुख हुनुहुन्छ ।
भगवान बुद्धको जन्म, उहांले सम्वोधि प्राप्त गर्नुभएको दिन तथा महापरिनिर्वाण भएको पावन अवसरको यो दिन श्रद्धा भक्तिपूर्वक कार्यक्रमहरु सञ्चालन भइरहेको हो ।
प्रथम दिन जेठ ३१ गते शनिबार बौद्ध साइकल यात्रीहरुबाट भक्तपुर नगर परिक्रमा गरियो । आइतबार मुनि विहार इनाचोबाट युवाहरुको एक समूहले भक्तपुर नगरका विभिन्न स्थानमा रहेका १७ वटा बुद्ध विहारहरुमा पैदल यात्रा कार्यक्रम सम्पन्न गरियो । उक्त पैदल यात्रीहरुलाई भिक्षु विपश्वीज्यूले बुद्धको मूर्ति अंकित टोपी र टिशर्ट उपहार प्रदान गर्नुभएको थियो ।
भोलि बुटवलस्थित लम्विनीमा हुने समारोहमा भाग लिन यस मुनि विहारबाट ७५ जना श्रामनेरहरुको एक समूह उनै विपश्वीले नेतृत्व गरी तीर्थयात्रीको रुपमा भाग लिन भक्तपुबाट प्रस्थान गरियो ।
उक्त मुनि विहारबाट प्रस्थान गर्नुअघि भिक्षु विपश्वीज्यूले यस कार्यक्रमको महत्वको चर्चा गरी प्रबचन दिनुभएको थियो । सो कार्यक्रममा डा इन्दुल केसीज्यूले तीर्थयात्रा सफलतापूर्वक सम्पन्न होस् भनी शुभकामना मन्तव्य दिनुभएको थियो ।    
भोलि जेष्ठ २ गेत यस विहारबाट भगवान बुद्धको सुन्दर मूर्ति प्रतिस्थापन गरी ज्ञानमाला भजनको साथ भक्तपुर नगरमा शोभायात्रा गरिने कुराको जानकारी समारोह समितिका शिवप्रसाद बालाले दिनुभयो ।

Comments