बालेन शाह भक्तपुर नगरपालिकामा
जेठ १, २०७९, आइतबार | विहान ०४:३७ बजे | 30
भक्तपुर । चर्चित युवा उम्मेदबार बालेन शाह आइतबार भक्तपुर पुगेका छन् । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदबारी दिएर विजयी हासिल गरिरहेका उनी विहान भक्तपुर आएका हुन् । उनी भक्तपुर नगरपालिका २ व्यासीस्थित भक्तपुर नगरपालिकाको कार्यालय पुगेका हुन् ।
उनी भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टीबाट प्रभावित छन् । यही कारण उनी भक्तपुर आएका हुनसक्ने अनुमान गरिएको छ ।
आफूले कुनै पार्टी रोज्नुपर्दा कुन पार्टी रोज्नुहुन्छ ? भन्ने पत्रकारहरुको जिज्ञासामा उनले नेपाल मजदुर किसान पार्टी रोज्छु भन्दै आएका छन् । साथै उनले नेपाल मजदुर किसान पार्टीले जितको भक्तपुर नगरपालिका उदाहरणीय नगरपालिका भएको पनि भन्दै आएका छन् ।
आफू काठमाडौ महानगरपालिकाको मेयरमा विजयी भए भक्तपुरमा जस्तो काम गर्ने उनले बताउँदै आएका छन् । भक्तपुर जस्तो सफा, कला संस्कृति जगेर्ना गर्ने नगरपालिका बनाउँंछु भनी उनले अन्तर्वार्तामा भन्दै आएका छन् ।
बालेन भक्तपुर पुगेपछि उनीसँंग सेल्फी खिच्नेहरुको भीड लागेको थियो ।