भक्तपुर ३ मा पनि नेमकिपाको प्यानलै विजयी
जेठ १, २०७९, आइतबार | विहान ०२:२४ बजे | 25
भक्तपर । भक्तपुर नपा वडा नं ३ मा पनि नेमकिपाको राजकृष्ण गोराले दुई हजार ४४० मत ल्याएर विजयी हुनुभएको छ । यहाँं पनि पूरै प्यानल नै विजयी भएको छ । यसअघि वडा नं १ मा पनि श्यामकृष्ण खत्री वडा अधयक्षसहित पूरै प्यानल नै विजयी भएको थियो ।
भक्तपुरमा नेमकिपाले निकै फराकिलो अन्तरमा कांग्रेस र एमालेलाई पछाडि पार्दै विजयी हासिल गरिरहेको छ । मत गणना भने जारी छ । वडा नं १, २,३ गनिरहेकोमा अहिले वडा नं ५ को वाकस खोलेको जनाइएको छ ।