भक्तपुर १ः कांग्रेस, एमाले, माओवादी, एस गठबन्धनको मत किन झनै कमजोर भयो ?
जेठ १, २०७९, आइतबार | विहान ०१:२८ बजे | 30
भक्तपुर । पछिल्लो स्थानीय निकायको निर्वाचनमा भक्तपुर नगरपालिका वडा नं १ मा नेपाल मजदुर किसान पार्टीका वडाका उम्मेदबारहरुले कुल सदर मतको करिव ४१ प्रतिशत मत ल्याई विजयी भएका थिए । तर यस पटक नेपाली कांग्रेस, एमाले, माओवादी, नेकपा एस मिलेर संयुक्त गठबन्धनसँंग चुनाव लड्दा नेमकिपाले प्राप्त मत अझ वढाएको छ । अहिले कुल मतको ६५ प्रतिशत मत प्राप्त गरी नेमकिपाको प्यानलै विजयी भएको छ ।