मध्यपुरमा कांग्रेसले खोल्यो खाता
बैशाख ३१, २०७९, शनिबार | दिउँसो ०२:२२ बजे | 20
मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमिमा नेपाली काँग्रेसले खाता खोलेको छ । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमिमा खाता खोलेको हो । शनिबार भएको मतगणना अन्तर्गत मध्यपुर थिमि नगरपालिका वडा नं. १ मा काँग्रेसकातर्फबाट अध्यक्ष पदमा उम्मेदवार बनेका बाबुकाजी डंगोल विजयी भएका हुन् । उनले एक हजार सात सय १० मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल प्याथले एक हजार दुई सय ९० मत पाएका छन् ।