भक्तपुर १ मा नेमकिपाको जित सुनिश्चित


बैशाख ३१, २०७९, शनिबार | दिउँसो ०२:०० बजे | 55


भक्तपुर १ मा नेमकिपाको जित सुनिश्चित

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टीबाट वडा अध्यक्षमा उम्मेदबारी दिएका श्यामकृष्ण खत्रीको विजयी सुनिश्चित भएको छ । ६ः५० सम्म त्यहाँं दुई हजार पाँंच सय १५ मतको गणणा भइसकेको छ । त्यहाँं तीन हजार पाँच सय २० मत खसेको थियो । हालसम्म खत्रीले एक हजार आठ सय ४६ मत पाएका छन् । निकटम प्रतिस्पर्धीमा गठबन्धनबाट  एमालेका रमेश न्याइच्वाईले तीन सय ५४ मत पाएका छन् । यस हिसावले नेमकिपाका खत्रीको जित निश्चित भएको हो ।

Comments