यस्तो छ सूर्यविनायक र चाँंगुको पछिल्लो अपडेट
बैशाख ३१, २०७९, शनिबार | विहान ०६:३९ बजे | 45
भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा नेपाली काँग्रेसले अग्रता अझै कायम राखेको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नं. १ को १६ सय मत गणना हुँदा नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले ८ सय ३९ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेमा मदनसुन्दर श्रेष्ठले ५ सय ९४ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा नेकपा एमालेका उत्तरा नेपालले ७ सय ५ मत प्राप्त गरेकी छन् । त्यसैगरी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ५ सय ४४ मत ल्याएका छन् ।
त्यस्तै वडाअध्यक्षमा नेपाली कांग्रेसका बाबुकाजी डंगोलले ६७ सय ९४ मतसहित अगाडि रहेका छन् । त्यसैगरी वडाको सबै प्यानलमा कांग्रेस उमेदवार अगाडि रहेका छन् ।
उता सुर्यबिनायक नगरपालिकाको वडा नं १ को गणनामा नेकपा एमालेका नगर प्रमुख र उप प्रमुखका उमेदवारले अग्रता कायम गरेका छन् । एमाले उमेदवार बाशुदेव थापा र सरिता भट्टराईले ३१२((३२९ मत पाएका छन् । उनीहरूका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट प्रमुखका उमेदवार निशान ढुंगेल र उप प्रमुखका उमेदवार एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले २६९ र १२७ मत पाएका छन्