भक्तपुर नगरपालिकाको मतपरिणाम सार्वजनिक, मादलले थाल्यो अग्रता


बैशाख ३१, २०७९, शनिबार | विहान ०४:०८ बजे | 30


भक्तपुर नगरपालिकाको मतपरिणाम सार्वजनिक, मादलले थाल्यो अग्रता

भक्तपुर । भक्तपुर नगरपालिकाको मत परिणाम सार्वजनिक हुन थालेको छ । पहिलो सार्वजनिक मत परिणाममा नेपाल मजदुर किसान पार्टीले अग्रता लिन थालेको छ । पहिलो पटक भक्तपुर नगरपालिका वडा नं १, २ र ३ को मतगणणा सुरु भएको हो ।
सार्वजनिक मत परिणाम अनुसार भक्तपुर नगरपालिकाको १ वडामा मादलले एक सय ५० मत ल्याएको छ । खरायोले तीन, हलोले १९, सूर्यले ३६ र रुखले ६ मत ल्याएको छ । यो नौ बजेर २० मिनेटसम्मको परिणाम हो ।

Comments