लिवाली मतदान केन्द्रबाट मतदाताले भने ः हामीले मत हाल्न पाएनौ


बैशाख ३०, २०७९, शुक्रबार | विहान ११:५९ बजे | 30


लिवाली मतदान केन्द्रबाट मतदाताले भने ः हामीले मत हाल्न पाएनौ

भक्तपुर । भक्तपुरका लिवालि मतदान केन्द्रबाट केही मतदाता मत हाल्न पाउने अधिकारबाट वञ्चित भएका छन् । ख्वप इन्जिनियरिंग कलेज मतदान केन्द्र रहेका आधा दर्जनजसो मतदाताहरु मत हाल्न पाउने अधिकारबाट वञ्चित भएका हुन् ।
उनीहरुमध्ये कोही मत हाल्न नपाएपछि फर्किए भने कोहीले समय भएसम्म कुरे । तर मत हाल्न पाएनन ।
मत हाल्न पाइन्छ कि भनेर मतदान समयसम्म कुरिरहेकी पूर्णकेशरी झांगजूले आफनो नाम मतदाता नामावलीमा नभएको भन्दै फिर्ता पठाएको बताइन् । मतदाता परिपचपत्र देखाउँंदै उनले भनिन्, पछिल्लो स्थानीय निकायको निर्वाचनमा भोट हालेको थिएँं, तर अहिले मेरो नाम मतदाता नामावलीमा छैन भनी फिर्ता पठाएका छन् ।
मत हाल्न नपाएपछि उनी स्थानीय सहयोगीको सम्पर्कमा पुगेकी थिइन । त्यसबारेमा सोधखोज भएको भक्तपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष महेन्द्र खायमलीले बताए । उनका अनुसार यस्ता समस्या भएका मानिस दिउँंसोसम्म आधा दर्जन भन्दा वढी आइसकेका छन् । उनीसहित त्यहाँंबाट कृष्णमाया दुवाल, कृष्णभक्त कोजूलगायतले मत हाल्न पाएका थिएनन् ।

Comments