विजुक्छेले गरे साकोठाबाट विहान ८ः४० मा मतदान


बैशाख ३०, २०७९, शुक्रबार | विहान ०६:२० बजे | 45


विजुक्छेले गरे साकोठाबाट विहान ८ः४० मा मतदान

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले भक्तपुरबाट मतदान गरेका छन् । उनले भक्तपुर नगरपालिका वडा नं ५ साकोठास्थित श्री विद्यार्थी निकेतन मावि भक्तपुर मतदान केन्द्रबाट शुक्रबार विहान मतदान गरेका हुन् ।
मतदानका लागि उनी विहान ठिक साढे आठ बजे परिवारसहित गाडीमा आएका थिए । चालकसहित श्रीमति शोभा प्रधान, छोरा छारा डा सुवेग प्रधान गरी चार जनाको संख्यामा उनीहरु गाडीबाट आएका थिए ।
उनले त्यहाँं पुगेको १० मिनेटमा मतदान गरेका थिए । त्यसपछि सञ्चारकर्मीहरुसँंग १० मिनेट कुराकानी गरी उनले आठ बजेर ५० मिनेटमा सवारीबाटै बाहिरिएका थिए । उनीसँंगै उनकी पत्नी र छोराले पनि त्यही मतदान गरेका थिए ।
उनको मतदाता नामावली भक्तपुर नगरपालिका वडा नं ५ सुकलढोकामा छ । उनी पहिला त्यहाँं डेरामा वस्थे । तर अहिले उनी भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकमा आफनै घर बनाइ सरेका छन् ।
उनको वडामा उनकै भाइ योगेन्द्रमान विजुक्छें वडा अध्यक्षका उम्मेदबार छन् । नेपाल मजदुर किसान पार्टीबाटै उनी वडा अध्यक्षमा उम्मेदबार बनेका हुन् । भक्तपुर नगरपालिका वडा नं ६ देकोचास्थित जेन्युइन इगलिश स्कुलका प्रिन्सिपल उनले नेपाल मजदुर किसान पार्टीकै तर्फबाट वडा अध्यक्षमा उम्मेदबारी पाएका हुन् । बौद्धिक व्यक्तित्वको रुपमा रहेका उनी यसअघि सक्रिय राजनीतिमा थिएनन् ।
यसैवीच देशैभरि जस्तै भक्तपुरमा पनि विहान सात बजेबाट नै मतदान सुरु भएको छ । मतदान गर्नका लागि विहानैदेखि मतदाता लाइनमा वसेको देखिएको थिए ।
भक्तपुर जिल्लाभरिमा शुक्रबार दुई सय १९ वटा मतदान केन्द्रहरुमार्फत् शान्तिपूर्ण रुपमा मतदान भइरहेका छन् । यहाँं चार वटा नगरपालिकाहरु छन्, भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक ।
जिल्लामा भक्तपुरमा ५७ हजार दुई सय ७०, मध्यपुर थिमिमा ४१ हजार आठ सय ४२, चाँंगुनारायणमा ४३ हजार एक सय पाँच र सूर्यविनायकमा ४७ हजार तीन सय ६७ मतदाता रहेका छन् ।
जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सवैभन्दा वढी मतदान केन्द्र भक्तपुर नगरपालिका क्षेत्रमा छन् । यहाँं कुल ६२ वटा मतदान केन्द्रहरु छन् । सवैभन्दा कम भने मध्यपुर थिमि नगरपालिकामा छन् । त्यहाँं ४६ वटा मतदान केन्द्रहरु छन् । चाँंगुनारायणमा ५३ र सूर्यविनायकमा ५८ वटा मतदान केन्द्रहरु छन् ।

Comments