भक्तपुरबाट गरे मुख्य निर्वाचन अधिकृत दिनेशकुुमार थपलियाले मतदान


बैशाख ३०, २०७९, शुक्रबार | विहान ०१:५८ बजे | 45


भक्तपुरबाट गरे मुख्य निर्वाचन अधिकृत दिनेशकुुमार थपलियाले मतदान

भक्तपुर । निर्वाचन आयोगका मुख्य निर्वाचन अधिकृत दिनेशकुमार थपलियाले भक्तपुरबाट मतदान गरेका छन् । उनले भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ बाट मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरुसँंग कुरा गर्दै उनले मतदान स्वच्छ र भयरहित हुनेमा विश्वस्त तुल्याए ।
देशैभर जस्तै भक्तपुरमा पनि विहान सात बजेबाट नै मतदान सुरु भएको हो । मतदान गर्नका लागि विहानैदेखि मतदाता लाइनमा वसेको देखिएको छ ।
भक्तपुर जिल्लाभरिमा शुक्रबार दुई सय १९ वटा मतदान केन्द्रहरुमार्फत् मतदान हुनेछ । यहाँं चार वटा नगरपालिकाहरु छन्, भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक ।
जिल्लामा भक्तपुरमा ५७ हजार दुई सय ७०, मध्यपुर थिमिमा ४१ हजार आठ सय ४२, चाँंगुनारायणमा ४३ हजार एक सय पाँच र सूर्यविनायकमा ४७ हजार तीन सय ६७ मतदाता रहेका छन् ।
जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सवैभन्दा वढी मतदान केन्द्र भक्तपुर नगरपालिका क्षेत्रमा छन् । यहाँं कुल ६२ वटा मतदान केन्द्रहरु छन् । सवैभन्दा कम भने मध्यपुर थिमि नगरपालिकामा छन् । त्यहाँं ४६ वटा मतदान केन्द्रहरु छन् । चाँंगुनारायणमा ५३ र सूर्यविनायकमा ५८ वटा मतदान केन्द्रहरु छन् ।

Comments