भोलि भक्तपुरमा दुई सय १९ मतदान केन्द्रमार्फत् मतदान हुने
बैशाख २९, २०७९, बिहीबार | दिउँसो ०२:०६ बजे | 80
भक्तपुर । भक्तपुर जिल्लाभरिमा भोलि शुक्रबार दुई सय १९ वटा मतदान केन्द्रहरुमार्फत् मतदान हुने भएको छ । यहाँं चार वटा नगरपालिकाहरु छन्, भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक । यी चार वटा नगरपालिकाहरुमध्ये सवैभन्दा वढी मतदान केन्द्र भक्तपुर नगरपालिका क्षेत्रमा छन् । यहाँं कुल ६२ वटा मतदान केन्द्रहरु छन् । सवैभन्दा कम भने मध्यपुर थिमि नगरपालिकामा छन् । त्यहाँं ४६ वटा मतदान केन्द्रहरु छन् । चाँंगुनारायणमा ५३ र सूर्यविनायकमा ५८ वटा मतदान केन्द्रहरु छन् ।