भक्तपुर नगरपालिकाको मतगणनास्थल निर्माण सम्पन्न


बैशाख २९, २०७९, बिहीबार | दिउँसो १२:५६ बजे | 50


भक्तपुर नगरपालिकाको मतगणनास्थल निर्माण सम्पन्न

भक्तपुर । स्थानीय तह निर्वाचन २०७९ को मतगणना गर्न भक्तपुर जिल्ला अन्तर्गत भक्तपुर नगरपालिकाको मतगणनास्थल निर्माण सम्पन्न भइसकेको छ ।
यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनपश्चात मतगणना गर्नको लागि भक्तपुर नगरपालिकामा ३ वटा मतगणनास्थलको अन्तिम तयारी सम्पन्न भइसकेको र मतगणनाका लागि जाली लगाई मतगणनास्थल सुरक्षित पारेर सिसी क्यामेरा, ब्याक अप, आकस्मिक बत्ती, इन्टरनेटसमेत जडान गरिसकेको भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताउनुभयो ।

Comments