यस्तो भएको हो कटुञ्जेमा राति उम्मेदबारले पैसा बाँंडन आएको घटना


बैशाख २९, २०७९, बिहीबार | विहान ०२:२४ बजे | 35


यस्तो भएको हो कटुञ्जेमा राति उम्मेदबारले पैसा बाँंडन आएको घटना

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेकातर्फबाट उम्मेदवार बनेका दुईजना उम्मेदबारलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।
निर्वाचन आचारसंहिता लागू भएर मौन अवधिमासमेत मतदातालाई प्रभावित बनाउन राति हिँडेका दुई उम्मेदवारलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
स्थानीयले सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुञ्जेमा एमालेकातर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवार बनेका राजकुमार जोशी र वडा सदस्यका उम्मेदवार मनोज थापालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन ।
‘१२ बजेको समयमा भ्यानसहित एमालेका उम्मेदवार आएका थिए, उनीहरु हामीकहाँ आएका थिए, हामीले मौन अवधिमा किन आएको भनी सोध्यौं, उहाँहरुले त्यत्तिकै आएको भने, अनि हामीले नियन्त्रणमा लियौं,’ कुटुञ्जेका एक स्थानीयले भने । स्थानीयका अनुसार उम्मेदवारसहितको टोली बा ९ च ५३ ७५ नम्बरको भ्यान गाडीमा आएका थिए । उनीहरुलाई कटुञ्जेको त्वायना टोल र मिजार टोलबाट नियन्त्रणमा लिइएको थियो ।
भ्यानसहित आएका उनीहरु मतदातालाई प्रभावित बनाउनका लागि आर्थिक चलखेलको उद्देश्यसहित आएको स्थानीयले जनाएका छन् ।


Comments