नेपालका माताजीहरुलाई सम्मान तथा विभूषित गरियो


बैशाख २८, २०७९, बुधबार | दिउँसो ०१:३४ बजे | 20


नेपालका माताजीहरुलाई सम्मान तथा विभूषित गरियो

सूर्यवंशी अखडा अन्तराष्ट्रिय पोर्चुगलका अनन्त विभुषित सुप्रीमो श्री श्री १००८ आचार्य महामण्डलेश्वर दवीन्द्र स्वामी सूर्यवंशीज्यूले हालै ललितपुर बालकुमारीस्थित श्री दक्षिणकाली माताज्यूको मन्दिर सभाकक्षमा आयोजित एक धार्मिक समारोहमा नेपालका निम्न लिखित माताज्यूहरुलाई श्री महन्त सूर्यवंशीको उपाधि र सम्मान प्रदान गरी विभूषित गर्नुभएको छ ।
उक्त उपाधि र सम्मान प्राप्त गर्ने माताजीहरु
१ श्री नागमाता बलम्वू काठमाडौ
२ श्री कालीमाता जगदम्वा—श्रीमति अञ्जु लिम्वू ललितपुर
३ श्री कालीमाता तामाङ काठमाडौं
४ श्री नवदुर्गा शर्मिला माता काठमाडौंसमेत हुनुहन्छ ।
उक्त संस्थाको भारत नयांँ दिल्ली गुरुनानक नगर शाह पुरा तिलक नगरमा पनि एउटा कार्यालय रहेको कुरा सम्वन्धित स्वामिज्यूले दिनुभएको छ । उल्लेखित माताज्यूहरुको सक्रियतामा नेपालमा धार्मिक, अध्यात्मिक, जागरणका विभिन्न क्रियाकलपाहरु सञ्चालन गरिनेसमेत जानकारी दिनुभयो ।

Comments