हिड्यो जुलुश, सभा साढे चारबाट
बैशाख २७, २०७९, मङ्गलबार | विहान १०:४४ बजे | 60
भक्तपुर । भक्तपुरको दुई ठाउँंहरुबाट जुलुश सुरु भएको छ । भक्तपुर नगरको पूर्वको कमलविनायक र पश्चिमको दूधपाटीबाट जुलुश सुरु भएको हो ।
तीन बजेबाट सुरु गर्ने कार्यक्रम भए पनि झण्डै चार बजेबाट दुवै ठाउँंबाट जुलुश सुरु भएको हो । जुलुुश टौमढीमा पुगेर सभामा परिणत हुनेछ ।
चार बजेको समयलाई तोकिएको सभा साढे चारबजेबाट सुरु हुने अनुमान गरिएको छ । जुलुशमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणनमा विजुक्छेंलगायतबाट सम्वोधन गर्ने कार्यक्रम छ । यो नेपाल मजदुर किसान पार्टीको अन्तिम चुनावी सभा हो ।
आज राति १२ बजेबाट मौन अवधि सुरु हुनेछ । त्यसपछिबाट प्रचारप्रसार गर्न बन्द हुन्छ ।