जीवनले जित्ला चाँंगुनारायणमा ?


बैशाख २७, २०७९, मङ्गलबार | विहान ०५:५७ बजे | 25


जीवनले जित्ला चाँंगुनारायणमा ?

चाँंगुनारायण । पछिल्लो स्थानीय निकायको निर्वाचनमा यस नगरपालिकामा मेयर र उपमेयर दुवै नेकपा एमालले जितको थियो । मेयरमा एमालेका सोम मिश्र र उपमेयरमा एमालेकै विणा वास्तोलाले जितेकी थिइन् । तर त्यसपछि भएको प्रदेश निर्वाचनमा भने एमालले हार खाएको थियो । एमालेलाई हराई नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी भएको थियो । यही कारण यस पटक कसले जित्छ अनुमान गर्न सहज छैन । यद्यपि यहाँंको निर्वाचन रोमाञ्चक हुने पक्कापक्की छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले मेयर उपमेयर सहित चार वटा वडा विजय हासिल गरेको थियो भने नेपाली काँग्रेसले चार वटा वडा विजय हासिल गरेको थियो । यस्तै नेमकिपाले एक वटा वडा विजय हासिल गरेको थियो । यस हिसावले यहाँंको मुख्य दावेदारमा कांग्रेस र एमाले नै रहेका छन् ।
यस क्षेत्रमा नेपाली कांग्रेसबाट मेयरमा जीवन खत्रीको उम्मेदबारी परेको छ । खत्रीले आफनो जित सुनिश्चित रहेको दावी गरे । यो पटक नेपाली कांग्रेको जित हुनेमा शंका नगर्दा हुन्छ, उनको दावी थियो ।
यो निर्वाचनमा राप्रपा पनि बलियो शक्तिका रुपमा संगठन विस्तार एवं घरदैलो कार्यक्रममा जुटेका छन् । यही कारण कारण केही वडा र मेयर हुत्याउने दाउमा राप्रपा रहेको छ । यता नेमकिपा पनि पछिल्लो निर्वाचन झिनो मतले पराजित वडाहरुमा जित्ने दाउमा छ । यही कारण उक्त पार्टीले पहिलामा मेयरमा उठाएका पार्टीका पूर्व जिल्ला सभापति एवं हालको जिल्ला उपाध्यक्ष न्हुछेंभक्त फोंजूलाई बलियो वडामा उम्मेदबारी दिन लगाएको छ ।
यो निर्वाचनमा नेकपा एमालेबाट विना बास्तोला, राप्रपाबाट रवीन्द्रप्रताप शाह, नेमकिपाबाट केशब तिमिल्सिना, नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेश खड्का रहेका छन् । त्यस्तै उपमेयरमा नेपाली कांग्रेसबाट सुवद्रा काफ्ले, नेकपा एमालेबाट रमेश बुढाथोकी, राप्रपाबाट मञ्जु कार्की, माओवादी केन्द्रबाट चण्डिका पाण्डे, नेमकिपाबाट कल्पना लामाले उम्मेदबारी दिएका छन ।
यस नगरपालिकामा मुख्य रुपमा चार दलहहरुवीच प्रतिस्पर्धा हने देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्टिय प्रजातन्त्र पार्टी ।
भक्तपुरमा चार वटा नगरपालिकाहरु छन् । भक्तपुर, मध्यपुर, सूर्यविनायक र चाँंगुनारायण छन् । यीमध्ये सूर्यविनायक र चाँंगुनारायण पछिल्लो पटक थपिएका नगरपालिकाहरु हुन् । <!--[if gte mso 9]><xml> </xml><![endif]--><!--[if gte mso 9]><xml> Normal 0 false false false EN-GB X-NONE X-NONE </xml><![endif]--><!--[if gte mso 9]><xml> </xml><![endif]--><!--[if gte mso 10]> <style> /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0cm 5.4pt 0cm 5.4pt; mso-para-margin:0cm; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} </style> <![endif]-->

Comments