सकियो साईनिङ्ग हिरो अफ द इयर


बैशाख २७, २०७९, मङ्गलबार | विहान ०४:१२ बजे | 40


सकियो साईनिङ्ग हिरो अफ द इयर

भक्तपुर । साईनिङ्ग स्टुडेण्ट एकेडेमीको आयोजनामा साईनिङ्ग हिरो अफ द इयर २०७८ को फाइनल, परिक्षाफल प्रकाशन एवम् साँस्कृतिक कार्यक्रम २०७८ का साथै विभिन्न अतिरिक्त क्रियाकलाप (खेलकुद, नृत्य र चित्रकला) प्रतियोगितामा विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम एक समारोहबीच विद्यालयको प्राङ्गण सूर्यविनायक गःपलीमा सोमबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुमार चवालले खेलकुद, नृत्य, चित्रकला लगायत अतिरिक्त क्रियाकलाप समेतेर साईनिङ्ग हिरो छान्ने कार्यक्रम सकारात्मक रहेको बताउँदै फिल्मका हिरो जस्तै साईनिङ्ग हिरो पनि बहुप्रतिभाशाली भएको खुसि व्यक्त गर्दै यसले विद्यालय कति राम्रो र गुणस्तरीय छ भने कुराको मापन गर्ने बताउनुभयो । उहाँले असफलता नै सफलताको चिन्ह हो भन्ने जस्तै पदक जित्न नसकेकाहरु थप मेहनत गरेर पछिल्लो समयमा सक्षम भई विजेता बन्ने आशा व्यक्त गर्नुभयो । उहाँले शिक्षक, अभिभावक र विद्यार्थी तीन पक्ष राम्रो भएमात्रै विद्यालय राम्रो हुने बताउँदै विद्यालयमा शिक्षकले अभिभावकको भुमिका खेल्नु पर्ने बताउनुभयो । उहाँले हप्काएर, पिटेर होइन माया गरेर पढाउनुपर्ने र अभिभावकले पनि आफ्नो काम कर्तव्य र अधिकार पुरा गरेर बालबालिका प्रति हेरचाह र ख्याल गर्नुपर्ने बताउनुभयो । उहाँले बालबालिकाहरुको अगाडि धुम्रपान र मद्यपान गर्न नहुने, त्यस्ता चिजहरु किनवेचमा प्रयोग गर्न नहुने र उनीहरुको अगाडि छुच्चो बचन समेत प्रयोग गर्न नहुने किनकी कलिला बालबालिकाको मष्टिष्कले तुरुन्तै सिक्ने जसले गर्दा लत बसेर दुव्र्यसनीमा फस्न सक्ने बताउनुभयो । उहाँले खेलकुद र नृत्यले स्वस्थ र मनोरञ्जन प्रदान गर्ने भएकोले शारीरिक तन्दुरुस्तको लागि पनि अतिआवश्यक छ भन्नुभयो । उहाँले फुटपाथ पसलेको खाजा भन्दा घरको खाजा स्वस्थ्यकर हुने भएकोले घरबाट खाजा पठाउन अनुरोध गर्नुभयो । उहाँले अभिभावक, विद्यार्थी र शिक्षकहरुको चित्त दुख्ने कुराहरु गर्न नहुने बताउँदै त्यस्तो कुराले कालान्तरमा विगार्न सक्छ भन्नुभयो ।
कार्यक्रममा अभिभावक संघ नेपाल भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिले “उदेश्य के लिनु उडि छुनु चन्द्र एक” भने लक्ष्मी प्रसाद देवकोटो भनाई अनुसार “अुनसन्धान वा आविष्कारको लागि अति राम्रो र गुणस्तरीय शिक्षा” विद्यालयको स्लोगनले विद्यालयमा कति राम्रो र गुणस्तरीय शिक्षा पाउँछ भने आँकलन गर्न सकिन्छ भन्नुभयो । उहाँले शिक्षा जस्तो अपरिहार्य आवश्यकतालाई सस्तो, शुलभ, गुणात्मक र बैज्ञानिक शिक्षा बनाई राष्ट्र विकासको लागि आवश्यक जनशक्ति तयार गर्न तथा शिक्षामा भई रहेको व्यापारीकरणलाई हटाई सर्वसाधारण जनताको सदाचार, शिष्टाचार र नैतिकता कायम राख्नका लागि जति सक्दो बढी अभिभावकहरु संलग्न गराई एकताबद्ध र संगठित प्रयत्नबाट मात्र कुनैपनि वर्ग तथा जनसमुदायको हक हितको रक्षा हुन सक्ने भएकोले सो को कार्यान्वयन गर्दै लैजानको लागि सम्बन्धित निकायमा आवश्यक सुझाव र सहयोग प्रदान गरी अनिवार्य सस्तो सुलभ, स्तरीय र बैज्ञानिक शिक्षा बनाउन आवश्यक बातावरण सिर्जना गर्ने उद्देश्यले संघको स्थापना भएको बताउनुभयो । उहाँले अभिभावक संघ नेपाल जिल्ला कार्य समिति भक्तपुर पनि असंगठित रुपमा रहेका अभिभावकहरुलाई एकतबद्ध गरी सम्पूर्ण अभिभावकहरुको समस्याहरुलाई समेट्दै सुझाब र सल्लाहलाई आत्मसात गर्दै शिक्षा क्षेत्रमा भईरहेको विकृति, विसंगति, मनपरितन्त्र, व्यापारिकरण, चर्को शुल्क बद्धि, महंगी, बालबालिका माथि यातना , शैक्षिक संस्था बन्दको विरोध तथा भौतिक सुबिधा र गुणस्तर युक्त शिक्षाको लागि अभिभावकहरु संगठित रुपमा अगाडि बढ्ने प्रणका साथ कार्य गरिरहेको बताउनुभयो । उहाँले बालबालिका विग्रनुमा संगत, शिक्षक र अभिभावकको हात रहने बताउँदै एउटा उखान पनि छ ‘तेल के हेर्नु तेलको धारा हेर्नु, छोरा के हेर्नु छोराको संगत हेर्नु’ भने जस्तै बालवालिकाहरुको संगत विकृति फैलाउने संग प¥यो भने समाजलाई नै विकृति तर्फ धकेलिन्छ र विस्तारै लागुपदार्थ दुव्र्यसनीतिर उन्मुख हुन्छ जसले गर्दा आजकालका केही बालवालिकाहरु स्कूले जीवनदेखि नै भागेर जा“ड, रक्सी र चुरोट खाने गरेको पाईन्छ भन्नुभयो । उहाँले बालबालिकाहरुको संगत कोसंग छ भने कुरा अभिभावकहरुले ध्यान पु¥याउनु पर्छ भन्नुभयो । बालबालिकाहरु विकृति तर्फ उन्मुख हुनुमा शिक्षकहरुपनि दोषी देखिन्छ किनकी विभिन्न उपायहरुद्धारा वालवालिकालाई सचेत बनाई परिश्रमी र उन्नतिशील समाजको श्रृजना गराउन सहयोग गर्ने शिक्षकहरु मध्ये कोही शिक्षकलाई व्यवसायिक दृष्टिले हेर्छन भने कतिले यसलाई मात्र फुर्सदको कार्य सम्झिन्छन् । कति त यति अव्यहारिक हुन्छन् कि अनुशासन र नैतिकता के हो ? परिभाषा त परै जाओस शब्द समेत भन्न विर्सन्छन् उहाँले भन्नुभयो । परिणाम स्वरुप बालवालिकाका जीवनलाई एक खेलौनाको रुपमा लिन्छ र मनुष्य भएर जन्मिनुको अर्थ र महत्व बुझ्दैन । बालबालिका स्वतःलक्ष्यहीन हुन पुग्छन् उहाँले भन्नुभयो । उहाँले बालवालिकको पहिलो पाठ्शाला घर त्यसपछि विद्यालय अनि समाज भने झैं प्रत्येक व्यक्ति प्रथमतः पारिवारिक जीवनसंग बा“धिएको हुन्छ । त्यसपछि समाज, राष्ट्र र त्यस्तै अरु संग... । पारिवारिक माया, ममता र स्नेहको कमी तथा समझादारी नहुनु एवं पारिवारिक कलहले वालवालिकालाई निराशा र विकृति तर्फ प्रोत्साहन गर्दछ । मनोविज्ञानका प्रवर्तकहरु भन्छन् शारीरिक यातना भन्दा मानसिक यातना असह्य हुन्छ । त्यसैले यस तर्फ ध्यान दिनु पर्छ भन्नुभयो ।
    कार्यक्रममा भक्तपुर नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले कोभिडले अस्तव्यस्त पारेको शैक्षिक क्षेत्र बैशाखमा परीक्षा सम्पन्न गरी जेठदेखि नयाँ सत्र सुरु गर्न नगरपालिकाले शिक्षा विभागको निर्णय अनुसार अगाडि बढिरहेको बताउनुभयो । उहाँले अभिभावक भेलाबाट प्रस्ताविक शुल्क विवरण अनुसार शुल्क निर्धारण गरिसकेको साथै स्विकृति भएको पाठ्यपुस्तक मात्रै राख्नु पर्ने बताउनुभयो । उहाँले संस्थागत विद्यालय भनेको ब्रोइलर उत्पादन गर्ने भनाई साइनिङ्ग स्टुडेण्ट एकेडमीले गरेको बताउनुभयो ।
    कार्यक्रम विद्यालयका संस्थापक प्रिन्सिपल रबिन छुस्याकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्याब्सन भक्तपुर नगरका अध्यक्ष रमेशचन्द्र श्रेष्ठ, साईनिङ्ग हिरो अफ द इयरका निर्णायक संगितकार बद्री नारायण ताम्राकार पनि बोल्नुभएको थियो भने पुरस्कृत विद्यार्थीहरुलाई प्रमुख अतिथि र अतिथिहरुले पुरस्कार वितरण गर्नु भएको थियो ।

Comments