गाडलान् महालक्ष्मी नगरपालिकामा कट्टेलले किल्ला ?


बैशाख २६, २०७९, सोमबार | विहान ०७:५७ बजे | 20


गाडलान् महालक्ष्मी नगरपालिकामा कट्टेलले किल्ला ?

ललितपुर । तीन दशकदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय शिवप्रसाद कट्टेल महालक्ष्मी नगरपालिकाका समाजसेवी पनि हुन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता उनले यसपटक नेपाली कांग्रससँंगको सतारुढ गठबन्धनकोतर्फबाट ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा उम्मेदबारी दिएका छन् ।
यस नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेका रामेश्वर श्रेष्ठले मेयरमा जितेका थिए । श्रेष्ठले ७ हजार ६४ मत ल्याई कांग्रेसका महेश खड्कालाई झिनो मतान्तरले पराजित गरेका थिए । खड्काले ६ हजार ५ सय मत ल्याएका थिए । अहिले कांग्रेस र माओवादी केन्द्रले   तालमेल गरेका छन् । माओवादी केन्द्रकोतर्फबाट मेयर कट्टेल र नेपाली कांग्रेसकोतर्फबाट उपमेयरमा कांग्रेस नेतृ लक्ष्मी महर्जनको उम्मेद्वारी परेको छ ।
यसअघि कांग्रेस एक्लैले नै यस नगरपालिकाको मेयरमा ६ हजार पाँंच सय मत ल्याएको थियो । अहिले कांग्रेस र माओवादी केन्द्र संयुक्त रुपमा आएकाले माओवादी केन्द्रका मेयरका उम्मेदबार कट्टेल भारी मतले जित्ने आकलन गरिएको छ । उता एमालेबाट नेकपा एस विभाजन भएकोले एमालेको मत भने काटिने निश्चित प्रायः छ । यसरी एकातिर कांग्रेस र माओवादी केन्द्र एकजुट भई दुई पार्टीको भोट जोडिने तर उता एमाले टुक्रिएर मत बाँंडिने भएकै कारण कट्टेलको जित सुनिश्चित जस्तै बन्न थालेको बताइन्छ । तर पनि यो नगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका कट्टेल र नेकपा (एमाले) बीच नै कडा प्रतिष्पर्धा हुने देखिन्छ ।   
कांग्रेस र माओवादी केन्द्रबीचको तालमेलमा माओवादी केन्द्रका कट्टेल र नेकपा (एमाले) बाट हरिगोविन्द श्रेष्ठ चुनावी मैदानमा मुख्य प्रतिस्पर्धीका रुपमा छन् । यस बाहके अन्य दलहरु पनि चुनावी मैदानमा छन् ।
यस नगरपालिकामा सबै पदमा गरेर २ सय ३५ जनाको उम्मेदवारी परेको छ । जसमध्ये मेयरमा ९ जना र उपमेयरमा ५ जना उम्मेदवार छन् । १० वटा वडाको नगरपालिकामा वडाध्यक्षमा ५६ जना, वडा सदस्यमा ८६ जना, महिला सदस्यमा ४५ जना र  दलित महिला सदस्यमा ३२ जनाले उम्मेदवारी दिएका छन् ।
मेयर पदमा गठबन्धनकोतर्फबाट कुनै बागी उम्मेद्वार भने छैनन् । माओवादी केन्द्रका शिवप्रसाद कट्टेल, उपप्रमुखमा नेपाली कांग्रेसकोतर्फबाट कांग्रेस नेतृ लक्ष्मी महर्जनको उम्मेद्वारी परेको छ भने नेकपा एमालेबाट मेयरमा हरिगोविन्द श्रेष्ठ र उपमेयरमा विना सुवेदी केसी छन ्।
नेकपा (मओवादी केन्द्र) का मेयर उम्मेदवार शिव कट्टेल ३ दशकदेखि आफू यही नगरपालिकाको विकास निर्माणमा संलग्न भएको दाबी गर्छन् । उनले ग्वार्कोमा फलाईओभर निमार्णदेखि, स्वास्थ्य, शिक्षा, खानेपानी, ढल व्यवस्थापन, युवा स्वोरोजगार, पर्यटन प्रवद्र्धनलगायतका एजेण्डा अघि सारेको दावी गर्छन् ।
‘नगरबासीको ईच्छाअनुसार नै नगरपालिकाको विकासको लागि मैले मेयरको उम्मेद्वारी दिएको हुँ, उनले नागरिकसंग भने, विद्यमान सम्पूर्ण समस्याहरुलाई समाधान गर्ने र नगरलाई थप विकास गर्दै अगाडि बढ्ने मेरो योजना हो ।
बागमति प्रदेश अन्तर्गत उपत्यकाका तीन जिल्लामध्येको ललितपुरको उत्तरपूर्वमा महालक्ष्मी नगरपालिका पर्छ । साविकका ५ गाविसहरु ईमाडोल, टिकाथली, सिद्धिपुर, लुभु र लामाटार समेटेर २०७१ मंसिर १६ गते यो नगरपालिका घोषणा भएको हो ।  
२०७८ को जनगणनाअनुसार महालक्ष्मी नगरपालिकामा ३६ हजार भन्दा बढी मतदाताहरु छन् । २०६८ को जनगणना मतदाताको संख्या २५ हजार मात्र थियो । करिब २६ दशमलव ५ वर्ग किलोमिटरमा फैलिएको यो नगरपालिकाको पूर्वमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका, दक्षिण र पश्चिममा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकासँगको सिमाना कर्मनाशा खोलाले छुट्याएको छ ।  यस्तै उत्तरमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिकासँग यो नगरपालिकाको सिमा जोडिएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने वैकल्पिक मार्गको रूपमा विकास हुँदै गरेको ग्वार्को–लुभु–लामाटार–मानेदोभान–पनौति हुदै विपि लोकमार्गको नेपालथोक जोड्ने सडक यस नगरपालिकाको मध्य भाग भएर गएका कारणले पनि यस नगरपालिकाको विकासको अधिक सम्भावना छ ।
नेपाली कांग्रेसका क्षत्रीय सचिव एवं सूचना तथा चुनाव परिचालन समितिका सचिव रवीन्द्र महर्जन यो पटक कांग्रेस र माओवादी केन्द्रको वियजी सुनिश्चित रहेको दावी गर्छन् । उनी भन्छन्, हाम्रो जित निश्चित छ ।

Comments