सूर्यविनायकमा कसले मार्ला चुनावी बाजी ? नगरमा स्थापित बेथिति,भष्ट्राचार प्रमुख चुनौती


बैशाख २६, २०७९, सोमबार | विहान ०७:१९ बजे | 40


सूर्यविनायकमा कसले मार्ला चुनावी बाजी ? नगरमा स्थापित बेथिति,भष्ट्राचार प्रमुख चुनौती

भक्तपुर । स्थानीय निर्वाचनको लहर देशव्यापी बनेको छ ।सहर, गाउँबस्तीमा राजनीतिक दलका उम्मेदवारहरु आफूलाई भोट माग्न व्यस्त रहेका छन्।अब मतदान गर्ने दिन चार दिन मात्र छन्।उपत्यकाको भत्तपुरका चारवटा नगरपालिकाका सबै वडाहरुमा मुख्य मुख्य दलका उम्मेदवारहरु पुगिरहेका छन्, त्यस्तै स्वतन्त्र उम्मेदवारहरुको बेग्लै अभियान त छदैंछ।  
भक्तपुरमा एकातिर नेपाली कांग्रेसको नेतृत्वमा पाँचदलिय गठबन्धन भनिदैंछ ।उता एमाले पनि अनौपचारिक रुपमा विभिन्न पार्टी र व्यक्तिहरुसँग गठबन्धन गरिरहेको छ ।अघिल्लो स्थानिय तह निर्वाचनमा भक्तपुरका तीनवटा नगरहरुमा नगरप्रमुख पद एमालेले हात पारेको थियो भने नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरमा आफ्नो किल्ला सुरक्षित गरेको थियो।
अहिले स्थानियहरु उनीहरुलाई हिजो गरेका प्रतिवद्धताहरुको मूल्याङ्कन गर्दे हिजोकै अनुहार मत माग्न आफने घरआँगमा आउँदा प्रश्न सोध्ने गरेका छन्— हिजो गरेका प्रतिवद्धता पुरा भए ? विकास र सवृद्धि भन्ने नारा कता गयो? फेरी आफ्ना कबोल पुरा गर्र्न भन्दै थप पाँच वर्ष माग्दैं हाम्रा घरदैंलोमा आउँन तपाईहरुलाई कुन नैतिकताले दियो? हामी माथी कतिसम्मको झुठको खेती गर्दे हुनुहुन्छ ? भन्ने जस्ता प्रश्न अघि सार्ने गरेका छन्।
जनताका यावत प्रश्नहरुबीच भक्तपुरको महत्वपुर्ण नगरपालिका मानिदैं आएको सूर्यविनायक नगरपालिकामा,एमालेले पुरानै नेतृत्वलाई अगाडी सार्नुको औचित्य माथी पनि पार्टीपङ्तीबाटै प्रश्न उठिरहेको छ। पसलपसल, टोलटोल, मेलापातमा समेत, उनीहरुका काम कारवाही र गतिविधि माथी औंला ठडिइरहेको छ।
मतदाताले यस्ता प्रश्न अघि सार्नुृृृका पछाडीका कारणहरु छन्। ति हुन्,विकासमा नाममा सुरु गरिएका तर अलपत्र छोडिएका सडक, ढल,बाटोघाटोको अवस्था, प्लट्रिङमा सहज हुने गरी खोलिएका बाटाहरु । त्यस्तै, कौडीको मोलमा किसानका खेती योग्न जमिन खरिद गर्ने,त्यहाँ ‘भूमाफिया’ को चाहना अनुसार सार्वजनिक जग्गा, राजकुलो, पानीका मुहान, प्राकृतिक भूबनोट मासेर प्लटिङ्ग गर्ने र भूमाफियासँगको मिलोमतोमा जनप्रतिनिधी  र उनीहरुकै जिल्ला नेता जग्गा कारोबारमा संलग्न हुनलाई नजिकबाट नियाली रहेका छन्।
त्यसो त भक्तपुरका विभिन्न स्थानियतहलाई स्मार्ट सिटी बनाउने,रंगशाला बनाउने  प्रचार गरेर किसानका जमीन कौडीको मूल्यमा किनेर प्लटिङ्ग गर्ने र करोडौं कुम्ल्याउने काममा प्रत्यक्ष, परोक्षरुपमा जनप्रतिनिधी संलग्न भएको यहाँ देखिदैंछ। राजनीतिलाई सेवा भन्दा पनि कमाउ धन्दामा परिचालन गरेर  जनप्रतिनिधीले भूमाफियाको संरक्षक बन्नु बिडम्बनानै मान्नुपर्दछ।एउटैं काममा वडा, नगर, प्रदेश तथा उपत्यका विकास प्राधिकरण, सडक विभागको बजेट खर्च गरिएको पाइन्छ ।  
विकासको नाममा नगरपालिका आफैले बनाएको नियम, नीति पनि मिचिएको छ ।सूनपा नगरपरिषदले १० लाख बजेट भन्दा माथीका योजना टेण्डर निकालेर गर्नुपर्ने निर्णय गरेको छ । तर, व्यवहारमा योजनालाई टुक्राटुक्रा पारेर लाखौंका काम उपभोत्ता समितिबाट गराउने प्रवृति बढेको छ। उपभोत्ता समितिमा आफ्ना निकट, समर्थक र आसेपासेलाई नगरको काम दिने, उपभोत्ता समितिले ठेकेदार मार्फत काम गरेर ठूलो रकम कमिशन खानुलाई यहाँ सामान्य मानिन्छ। त्यसो त ठेकेदारलाई उधारोका काम लगाउने, पैसा उपभोत्ता समितिले लिने तर ठेकेदारले नपाएको गुनासाहरु पनि सुनिन्छन्।
त्यतिमात्र होइन, गारेटो बाटालाई चौंडा सडक बनाएर प्लटिङ्गसम्म पहँुच दिने प्रचलन पनि यहाँ देखिन्छ। भैरहका बाटाहरु मर्मतसंभार नगर्ने तर प्लटिङ्गकसम्म पुग्नो बाटहरुमामात्र केन्द्रीत हु्नुलाई अर्थपुर्ण रुपमा हेरिदैंछ । द्रव्य मोहकै कारण, बाटाघाटा खोल्ने गरिएको बुझाई नागरिकमा छ।
उपभोत्ता समितिको नाममा नीतिगत भष्ट्रचारले टोलटोलमा प्रश्रय पाएको देखिन्छ। युवाहरुलाई उपभोत्ता समितिमा राखेर राज्यकोषको पैसा जथावाभी उडाउने अवसर जुटाईको छ ।पाँच वर्षको यस अवधिमा देखिएको सबै भन्दा खतरनाक पक्ष भनेकै समाजका तल्लोतहसम्म भष्ट्र प्रवृती मौलाउनु हो।
नगरपालिका र वडाहरुमा आफ्ना समर्थक, पार्टी कार्यकर्ताका काम सहज किसिमले गर्ने, अन्य पार्टीका नागरिकको काममा ढिलासुस्ती गर्ने, नक्सापास, निर्माण सम्पन्न जस्ता कामलाई बिजौलिया मार्फत धेरै खर्चिलो बनाउने प्रवृतिले प्रश्रय पाएको  देखिन्छ। नगर वा वडाको काम गर्नुपर्दा पार्टीको सदस्यता लिनुपर्ने नीति पनि एमाले नेतृत्वका नगरपालिका, वडा अध्यक्षका जनप्रतिनिधिहले अख्तियार गरेको देखिन्छ।त्यसैले हुनसक्छ एमालेको पार्टी सदस्यता लिनेहरुको संख्या अघिल्लो चुनावको तुलनामा पाँच गुना बढेको हो।
एमाले एउटा विकास प्रेमी पार्टीको रुपमा आफूलाई प्रस्तुत गर्न चाहन्छ। तर, व्यवहारमा पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरु भने नातावाद, कार्यकर्तावाद, पक्षपाती र आग्रह पूर्वाग्रह राखेर काम गर्ने गरिरहका छन् । आफ्नै जनप्रतिनिधिका कारण पार्टीको छवि समेत धुमिल हुन पुगेको अनुभव स्थानिय पार्टीकै जिम्मेवार व्यक्तिहरु ग्रिरहको भेटिन्छ।
त्यसोत, एमालेका जनप्रतिनिधिहरुले स्थापित गरेका विकृती,विसंगितिबीच नयाँ आउँने नेतृत्वले कसरी लिने हुन भन्ने प्रश्न सचेत नागरिकले उठाइरहेको देखिन्छ। हिजो विकासमा नाममा गरिएका जथाभावी खर्च छानविन हुन्छ कि हुँदैनन्?प्रश्न उठ्न थालेका छन्।
कांग्रेस नेतृत्वको गठबन्धनले‘उधारोमा मत दिनुस,‘भोली ब्याज सहीतको विकास र समृद्धि दिन्छौं भन्दै  मत माग्दैछन् ।शासक होइन,सेवक बन्छौं भन्दै प्रतिवद्धता व्यक्त गर्देछन्।’ नगरको नेतृत्वमा फेरी पुरानै अनुहार निर्वाचित भयो भने स्थापित बेतिथी अझ झाँगिदैं जाने  खतरा सामुन्ने छन् । अर्को तर्फ नयाँ अनुहार  नेतृत्वमा निर्वाचित भएको अवस्थामा पनि समाजमा देखिएको भष्ट्रचारी प्रवृती, नातावाद, पार्टीबाद प्रमुख चुनौति बन्ने निश्चित छ ।

Comments