कांग्रेसको आव्हानः भष्ट्रचारीलाई कारवाही


बैशाख २५, २०७९, आइतबार | विहान ०४:४१ बजे | 40


कांग्रेसको आव्हानः भष्ट्रचारीलाई कारवाही

भक्तपुर । नेपाली काग्रेसले चुनाव मार्फत भष्ट्रचारीहरुलाई कारवाही गर्न र गठनन्धनका उम्मेवारलाई विजयी बनाउन आव्हान गरेका छन्।
सूर्यविनायक नगरपालिका, नगर स्तरिय चुनावी सभालाई सम्बोधन गर्दे नेपाली काग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले चुनाव मार्फत एमालेका भष्ट्रचारीलाई कारवाही गर्नुपर्ने बताउनुभयो।
‘उपभोत्ता समितिको नाममा एमालेका नेताहरुले बह्मलुट गरेका छन्’ थापाले भन्नुभयो  ‘वैशाख ३० गते हुने चुनाव भष्ट्रचारीलाई कारवाही गर्ने अवसर हो, मतदाताहरुले यो अवसरलाई उपयोग गर्नुहुनेछ।’
‘विकासका नाममा लुट मच्चाउने भष्ट्रचारीहरुलाई हामीले चिनेका छौं’ थापाले भन्नुभयो‘ भष्ट्रचारीहरु देश लुटेको पैसाले चुनाव जित्ने कुरा गर्देछन्, हामीले उनीहरुलाई चिनेका छौं, त्यस्ता भष्ट्रचारीहरुलाई परास्त गर्न हामी सक्षम छौं।’
थापाले गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो।नेपाली काग्रेसका नेता, कार्यकर्तालाई भष्ट्रचारीको पछाडी नलाग्न सुझाव दिदैं थापाले भन्नुभयो‘अरु दलबाट आफना भाई भतिजा उम्मेदवार छन्,तिनैलाई भोट दिआंैं भन्ने नसोचौं।त्यस्तो भयो भने गठबन्धका उम्मेदवार पराजित हुन्छन,एमालेका भष्ट्रचारीले चुनाव जित्न बेर लाग्दैन, पाँच वर्षसम्म पछ्ताउँनुपर्ने हुन्छ।’थापाले भन्नुभयो‘ भाई भतिजालाई माया गर्न३६५ दिन छदैंछन्, चु्नावका दिन काग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारालई भोट हालौं, भाई भतिजा भोट हालेर पछुताउँनेमात्र काम नगरौं।’
कार्यक्रममा नेपाली काग्रेस सूर्यविनायक नगर समितिका सभापति एवं सूर्र्यविनायक नगरपालिकाको नगर प्रमुख उम्मेदवार निशान ढुंगेलले आफु बिजयी भएको अवस्थामा  कसै प्रति आग्रह, पूर्वाग्रह राखेर काम नगर्ने बताउनुभयो। ‘हामी जनतामाथी शासन गर्न आइरहेका छैनौं,जनताको सेवक बनेर काम गर्ने छौं’ ढुंगेलले भन्नुभयो‘ म जनताको बीचमा रहने छु, मतदाताको बीचमा रहने छु।’
‘राजमार्गमाथी झोलुङ्गे पुल हालेर विकास गरेको धक्कु लगाउनेहरुलाई चेतावनी दिदैं ढुंगेलले भन्नुभयो‘ क्राकाबारीमा जाने बाटो बनाएर देखाउन चेतावनी दिदैं ढुंगेलले भन्नुभयो ‘हामी त्यस्तो विकास गर्देनौं ।’
मतदातालाई ऋुणमा मत दिन आग्रह गर्दे ढुंगेलले भन्नुभयो ‘तपाईहरुको ऋण सेवा गरेर ब्याज सहीत चुत्ता गर्ने छु।’
सभामा बोल्दै नेकपा(एकिकृत समाजवादी)का जिल्ला अध्यक्ष एवं सूर्यविनायक नगरपालिकाको उपमेयर पदका उम्मेदवार श्यामसुन्दर बस्नेतले विगतमा आफू एमालेमा रहदा जनता माझ विकासका सपना बाडेको चर्चा गर्दे भन्नुभयो‘हामीले धेरै आश्वासन बाँडेका थियौं, तर त्यो सबै नारामा सिमित भयो। साथीहरु भष्ट्रचारमा लाग्नुभयो।’ बस्नेतले जनताको आवश्यकता र अपेक्षाका आधारमा काम गर्ने बताउनुभयो।‘ हामीले मतदाता सामु, प्रतिवद्धता पत्र ल्याएका छौं, त्यही आधारमा काम गर्छों।
नेपाली काग्रेसका नेता सुरेन्द्र केसीले गठबन्धन समयको आवश्यकता भएको चर्चा गर्दे एमालेको अधिनायकवाद विरुद्ध,एमालेको संस्थागत भष्ट्राचारको विरुद्धमा मतदान गर्न आवहन गर्नुभयो।‘लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको हो गठबन्धनलाई यही अर्थमा लिऔं’ केसीले भन्नुभयो‘अहिलेको गठबन्धन लोकतन्त्रको रक्षाका लागि हो, नेपाली काग्रेसले तानाशाहीको विरुद्धमा बेलाबेलमा गठबन्धन गरेर त्यसको नेतृत्व गर्दे आएको छ, अहिले पनि एमालेको अधिनायवादीको विरुद्ध हो।’
नेपाली काग्रेसका केन्द्रीय सदस्य रमा पौडेलले गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आव्हान गर्नुभयो।
नेकपा (एकिकृत समाजवादी)का स्थायी कमिटी सदस्य एंव बागमति प्रदेश इन्चार्ज सावित्रा भूसालले एमालेको अधिनायवादी शासनको विरुद्ध चुनावी गठनबन्धन गर्न परेको चर्चा गर्नुभयो। भूसालले भन्नुभयो‘ यो चुनावबाट एमालेका भष्ट्रचारी र अधिनायकवादीलाई परास्त गरौं, गठबन्धनका उम्मेदवारलाई विजयी बनाऔं।’


काग्रेस गठबन्धनको वृहत चुनावी सभाः पानी झरीबीच ठूलो संख्यामा मतदाता सहभागि
नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले सूर्यविनायक नगरपालिकामा नगर स्तरीय वृहत चुनावी सभा आयोजना गरेको छ।
वैशाख ३० गते हुन गइरहेको स्थानिय चुनावालाई ध्यानमा राखेर आयोजना गरिएको सभामा ठूलो संख्यामा मतदाताहरु बसहभागिता बनेका थिए।
शनिबार अपराह्न आमसभा आयोजना हुने समयमा पानी परेर केही ब्यवधान परेको भएपनि ठूलो जनसमुदाय घरका पेटी, पसल, र चौतारा मुनि ओत लागेर भएपनि नेता, उम्मेदबारहरुको सम्बोधन सुनिरहेको देखिन्थ्यो ।
मौसम प्रतिकूलताकै कारण चुनावी सभामा प्रमुख अतिथिको रुपमा सहभागि हुने निश्चित गरिएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सहभागि हुन सक्नुभएन । शर्माले, भौतिक रुपमा सहभागि हुन नसकेपनि मन सूर्यविनायका मतदातको  साथमा रहेको उल्लेख गर्दे सन्देश पठाउनु भएको थियो ।
चुनावी सभामा भाग लिन सूर्यविनायका नगरका १० वटा वडाबाट उम्मेदबारहरु सहीतका जुलुक चक्रपाणी चोकमा आएको थियो। नेपाल तरुण दल, भक्तपुरले मोटर साइकल ¥याली निकालेको थियो।  
चुनावी सभामा नगर प्रमुख पदका उम्मेदवार नेपाली काग्रेसका निशान ढुंगेल, नगर उपप्रमुखका उम्मेदवार नेकपा(एकिकृत समाजवादी) श्यामसुन्दर श्रेष्ठ, १० वटै वडाका वडा अध्यक्ष सहीत महिला, महिला दलित तथा वडा सदस्यहरुलाई टिका, माला र खाँदा लगाएर स्वागत गरिएको थियो। ्
चुनावीसभामा नेपाली काग्रेस, भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा,काग्रेस केन्द्रीय सदस्य रमा पौडेल, नेकपा(एकिकृत समाजवादी) का स्यायी कमिटी सदस्य एवं बागमति प्रदेश इन्चार्ज सावित्रा भूसाल, नेपाली काग्रेसका नेता सुरेन्द केसी,काग्रेस जिल्ला सदस्य भेष बहादुर कार्की, सूर्यविनायक नगर पालिकाको नगरप्रमुख पदका उम्मेदवार निशान ढुंगेल, उपप्रमुख पदका उम्मेदवार एकिकृत समाजवादीका श्यामसुन्दर बस्नेत, सूर्यविनायक नगरपालिका चुनाव परिचालन समितिका सह संयोजक श्रीकृष्ण बासु लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सभापतित्व, नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक एवं नेपाली कांंग्रेस महाधिवेशन प्रतिनिधि विष्णुराज कार्की गर्नुभएको थियो । कार्यक्रम संचालन काग्रेस सूर्यविनायक नगर समिति सचिव विश्वराम थापा तथा स्वागत भाषण निर्वाचनमा प्रहरी प्रशासन व्यवस्थापन संयोजक कविन्द मिश्रले गर्नुभएको थियो ।

Comments