कटुञ्जेमा सकियो कांग्रेस गठबन्धनको चुनावी सभा, कसले के भने ?


बैशाख २४, २०७९, शनिबार | दिउँसो ०३:२३ बजे | 55


कटुञ्जेमा सकियो कांग्रेस गठबन्धनको चुनावी सभा, कसले के भने ?

भक्तपुर । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आज सूर्यविनायक नगरपालिकामा नगरस्तरीय वृहत चुनावी सभा आयोजना गरेको छ ।
वैशाख ३० गते हुन गइरहेको स्थानीय चुनावालाई ध्यानमा राखेर आयोजना गरिएको सभामा ठूलो संख्यामा मतदाताहरु बसहभागी बनेका थिए ।
शनिबार अपराह्न आमसभा आयोजना हुने समयमा पानी परेर केही ब्यवधान परेको भए पनि ठूलो जनसमुदाय घरका पेटी, पसल, र चौतारा मुनि ओत लागेर भए पनि नेता, उम्मेदबारहरुको सम्बोधन सुनिरहेको देखिन्थ्यो ।
मौसम प्रतिकूलताकै कारण चुनावी सभामा प्रमुख अतिथिको रुपमा सहभागी हुने निश्चित गरिएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सहभागी हुन सक्नुभएन । शर्माले, भौतिक रुपमा सहभागी हुन नसके पनि मन सूर्यविनायका मतदातको  साथमा रहेको उल्लेख गर्दे सन्देश पठाउनु भएको थियो ।
चुनावी सभामा भाग लिन सूर्यविनायका नगरका १० वटा वडाबाट उम्मेदबारहरु सहितका जुलुक चक्रपाणी चोकमा आएको थियो । चुनावी सभामा नगर प्रमुख पदका उम्मेदवार नेपाली काग्रेसका निशान ढुंगेल, नगर उपप्रमुखका उम्मेदवार नेकपा (एकिकृत समाजवादी) श्यामसुन्दर वस्नेत, १० वटै वडाका वडा अध्यक्ष सहित महिला, महिला दलित तथा वडा सदस्यहरुलाई टिका, माला र खाँदा लगाएर स्वागत गरिएको थियो । ्
चुनावी सभामा नेपाली काग्रेस, भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, काग्रेस केन्द्रीय सदस्य रमा पौडेल, नेकपा (एकिकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवं बागमति प्रदेश इन्चार्ज सावित्रा पौडेल, नेपाली काग्रेसका नेता सुरेन्द केसी, काग्रेस जिल्ला सदस्य भेषबहादुर कार्की, सूर्यविनायक नगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार निशान ढुंगेल, उपप्रमुख पदका उम्मेदवार एकिकृत समाजवादीका श्यामसुन्दर बस्नेत, सूर्यविनायक नगरपालिका चुनाव परिचालन समितिका सह संयोजक श्रीकृष्ण बासुलगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक एवं नेपाली कांंग्रेस महाधिवेशन प्रतिनिधि विष्णुराज कार्कीले गर्नुभएको थियो । कार्यक्रम संचालन काग्रेस सूर्यविनायक नगर समिति सचिव विश्वराम थापा तथा स्वागत भाषण निर्वाचनमा प्रहरी प्रशासन व्यवस्थापन संयोजक कविन्द मिश्रले गर्नुभएको थियो ।

Comments