यत्रो वर्ष शाशण गरेर के गर्नुभयो भनी सोध्दा प्रधानमन्त्री शिर निहुराएर वस्नुभयो


बैशाख २३, २०७९, शुक्रबार | दिउँसो ०१:२२ बजे | 55


यत्रो वर्ष शाशण गरेर के गर्नुभयो भनी सोध्दा प्रधानमन्त्री शिर निहुराएर वस्नुभयो

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव प्रेम सुवालले आफूहरुलाई ठूला भनिएका पार्टीहरुलाई ठिक पार्ने एउटै मात्रै पार्टी नेपाल मजदुर किसान पार्टी भएको बताएका छन् । काठमाडौंको बसन्तपुरमा शुक्रबार गरिएको चुनावी सभामा सुवालले ठूला भनिएका पार्टीहरु जिउ सुनिएर ठूलो देखिएका मान्छे जस्तो भएको बताए ।
तपाईहरुले यत्रोवर्ष देश चलाउनुभयो के गर्नुभयो भनी संसदमा प्रश्न गर्दा प्रधानमन्त्री देउवासँंग उतर छैन र शिर निहुँंराएर वस्नुभयो, उनले स्मरण गर्दै भने, त्यही कारण त्यस्ता पार्टीहरुलाई ठूलो बनाएर के गर्नु ? उनले आकारमा सानो नेपापल मजदुर किसान पार्टी विचारमा ठूलो भएको दावी गरे । कार्यक्रममा पार्टीका विभिन्न नेताहरुले सम्वोधन गरेका थिए ।
उक्त पार्टीलेल काठमाडौंका काठमाडौ महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, तार्केश्वर नगरपालिका, टोखा नगरपालिका, गोकर्णेश्वर नगरपालिकाकालगायतका नगरपालिकाहरुमा मेयर, उपमेयरसहित वडा अध्यक्ष तथा वडा सदस्यहरुमा उम्मेदबारी दिएको कार्यक्रममा बताइयो ।  

Comments