मेरो उम्मेदबारी समृद्ध चाँंगुनारायणका लागि : तिमिल्सिना


बैशाख २३, २०७९, शुक्रबार | विहान ११:४९ बजे | 45


मेरो उम्मेदबारी समृद्ध चाँंगुनारायणका लागि : तिमिल्सिना

भक्तपुर । नेपाल मजदुर किसान पार्टीकोतर्फबाट भक्तपुरको चाँंगुनारायण नगरपालिकाको प्रमुख पदमा उम्मेदबारी दिएका केशवप्रसाद तिमिल्सिनाले  आफनो उम्मेदबारी समृद्ध चाँंगुनारायणका लागि भएको बताएका छन् । शुक्रबार एवीसीडी खवरसँंग कुराकानी गर्दै उनले पाँंचवर्षमा चाँंगुनारायणलाई समृद्ध बनाउन सकिने बताए ।

तिमिल्सिनाले आफनो उम्मेदबारी भ्रष्टाचार विरुद्ध भएको पनि स्पष्ट पारे । आफू विजयी भएर गए नगरपालिकामा व्याप्त भ्रष्टाचार अन्त्य गर्ने प्रतिवद्धता उनले जनाए । मादल चिन्हमा छाप लगाऔं, देशभक्तहरुलाई विजयी गराऔं, एमसीसी समर्थक देशघातीहरुलाई हराऔं, देशको सार्वभौमिकता रक्षा गरौं भन्ने मुल नाराका साथ आठ पृष्ठ लामो प्रतिवद्धता पत्र स्थानीय तह निर्वाचन २०७९ प्रकाशित गरिएको छ । यसरी बन्नेछ समृद्ध चाँंगुनारायण शीर्षकमा पार्टीको आफनो प्रतिवद्धतापत्र तयार पारिएको छ ।

पहिलो पृष्ठको शीर्षक ५ वर्षमै सम्भब छ बनाइएको छ । प्रतिवद्धता पत्रमा १२ वटा बुँंदाहरु उल्लेख छन् । पहिलो बुँंदामा सडक सञ्जालको योजना समावेश छ ।  

Comments