सातामा दुई दिन विदा विद्यार्थीहरूका लागि अव्यवहारिक
बैशाख २१, २०७९, बुधबार | विहान ०४:१५ बजे | 30
बुद्धिकुमार घो
नेपाल सरकारले हालै गरेको सातामा दुई दिन कार्यालय बिदा हुने सम्बन्धी निर्णयबारे अहिले बहस जारी छ । जेष्ठ १ गतेदेखि लागू हुने भनिएको उक्त निर्णय विद्यालयहरूका लागि हो कि होइन भन्ने यकिन भइसकेको छैन । यस सम्बन्धमा माननीय शिक्षा मन्त्रीलाई उदृध गर्दै विद्यालयहरूमा पनि लागू हुने समाचार प्रकाशित भए पनि कुनै परिपत्र जारी नभएकाले अन्योल कायमै छ । यस्तो बेलामा नै आफ्नो मनमा उब्जेका धारणाहरू सार्जजनिक हुनु उपयुक्त ठानी यो लेख लेखेको हुँं । मूलतः विद्यालय र विद्यार्थीहरूका लागि यो पद्धति व्यवहारिक नहुने देखिएको सम्बन्धमा केही बुँदाहरू यहाँ प्रस्तुत गरिएको छ ।
विद्यालयका लागि यस कारण अव्यवहारिक छ साताको २ दिन बिदा :
१. लागू हुँदै गरेको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६
बमोजिमको पाठ्यक्रमले निर्दिष्ट गरेको पाठ्य घण्टा मिलान
गर्न सकस हुने ।
२. प्रचारमा आए जस्तो विहान ९.३० देखि अपरान्ह ४ः३०
सम्म पठनपाठनको समय किटान गर्दा विद्यार्थीहरूमा
बोझिलो÷दिक्दारी महशुस भई सिकाई प्रभावकारी हुन
नसक्ने ।
३. यस्तो महंगीको समयमा प्रति विद्यार्थी दैनिक रू. १५।–का
दरले प्राप्त हुँदै आएको दिवा खाजाको रकमबाट
सामुदायिक विद्यालयको बालविकासदेखि कक्षा ५ सम्मका
विद्यार्थीहरूका लागि मुस्किलले व्यवस्थापन गर्दै आएको
खाजाले सत्यति लामो समय नथेग्ने ।
४. दैनिक एकाध घण्टा पैदल आऊ–जाऊ गर्नुपर्ने विद्यार्थीहरू–
–लाई चाँडो घरबाट निस्किनु पर्ने र ढीलो घरपुग्ने समस्याले
बढी थकानमा परिने र गृहकार्य गर्न समयाभावका साथै
जाँगरमा कमि हुने । विद्यार्थीका अभिभावकहरूलाई
समेत विद्यालय पठाउने तयारीमा हतारो र ढीला घर आउने
समस्याले असहज हुने । कतिपय शिक्षकहरूलाई समेत यो
समस्या हुने ।
५. दिवा समयमा कक्षा सञ्चालन गर्नुपर्ने भए पनि स्थान
अभावका कारण विहान ११÷१२ कक्षा सञ्चालन गर्दै
आएका विद्यालयहरूलाई कक्षा–कोठा व्यवस्थापनमा
समस्या हुने ।
६. विद्यार्थीहरूमा नियमित स्व–पढाइको संस्कार नबसि
सकेकाले शुक्रवार सिकेका पाठहरू २ दिन बिदा पछि
कक्षामा आउँदा बिर्सेर आउने सम्भावना भएकाले
सिकाइमा प्रभावकारिता कम हुने ।
७. वर्षको ५२ दिन शनिवार त्यति नै दिन आइतवार बिदा हुन
जाँदा अन्य सरकारी तथा चाडपर्व बिदा, वर्षे र हिउँदे
बिदाले वार्षिक कार्य घण्टा र कार्य योजनामा ठुलो असर
पर्ने ।
८. शनिवार र आइतवार बिदाको प्रचलन भएका अन्य
देशहरूमा ती २ दिन र वर्षे वा हिउँदे केही दिनको लामोबिदा
बाहेक अन्य प्रकारका बिदाहरू नहुने सन्दर्भमा हाम्रो जस्तो
देशमा सो पद्धति व्यवहारिक मान्न सकिन्न ।
अन्तमा,
सरकारी निर्णय अनुसार गाडि कम चलाएर पेट्रोलियम पदार्थको खपत कम गर्न यो पद्धति लागु गर्न खोजिएको भनाई एकातिर छ भने अर्काेतिर सरकारी कर्मचारीहरू १ दिन आराम गरेर १ दिन घुमघाममा निस्किने भएकाले आन्तरिक पर्यटन प्रवर्द्धन हुने भनिएको छ । सरकारको यो भनाईलाई केलाउँदा घुमघममा निस्किंदा ती सरकारी कर्मचारीहरू पैदल जान्छन् कि परिवारसहित आफ्नो सुविधाको गाडि प्रयोग गर्छन् ? बुझ्न सकिन्छ – सुविधाको गाडि प्रयोग हुनेछन् । अनि कार्यालय खुल्दा आइतवार अफिस पुगेर दनभरि पार्किङ्गमा थन्किने गाडिले बिदाका कारण घुमघाममा नस्किँदा पेट्रेलियम पदार्थको खपत घटाउला कि बढाउला स्वतः अनुमान गर्न सकिन्छ ।
सोचौं, बहस थालौं । बिग्रिनु अघि विचार पुरयाओैं ।