भक्तपुरका समाजसेवी डा इन्दुल केसीलाई सम्मान


बैशाख २०, २०७९, मङ्गलबार | दिउँसो १२:०५ बजे | 45


भक्तपुरका समाजसेवी डा इन्दुल केसीलाई सम्मान


काभ्रे । काभ्रे जिल्ला धुलिखेल नगरपालिका १२ स्थित विश्व शान्ति ध्यान केन्द्रद्धारा आज आयोजित एक भव्य समारोहमा समाजसेवी, बहुप्रतिभाका धनी, विश्व शान्ति ध्यान केन्द्रका उपाध्यक्ष डा इन्दुल केसीले त्यस विश्व शान्ति ध्यान केन्द्रको स्थापनाकालदेखि संस्थाको नेपालभरि विकास विस्तार गर्दै संस्थाकोतर्फबाट सामाजिक तथा स्वास्थ्य सेवा प्रदान गरी संस्थाप्रति वफादार, कर्तव्यनिष्ठ भई आवश्यक सरसल्लाह, सुझाब र महत्वपूर्ण सहयोग पुयाउँंदै गतिशिलता प्रदान गर्दै अभिभावकको भूमिकासमेत निर्वाह गरी आउनुभएकोले उहाँंको सेवाको उच्च कदर गरी कृतज्ञताको भाव राखी सम्मानपत्र प्रदान गरिएको छ । उक्त समारोहको सभापतित्व परमहंस स्वामी कल्याण मित्रको सभापतित्वमा भएको थियो । सो समारोहमा प्रमुख अतिथि श्री शिव शंकर निलकण्ठ बाबा, प्रमुख संरक्षक हंसदा योगाश्रम काभ्रेको हुनुहुन्थ्यो ।
आज स्वामी विशुद्धदेवको २१ औं पुन्य स्मृतिको अवसरमा उक्त स्थानमा स्वामी विशुद्ध देवको पाँंच फिटको पितलको मूर्ति स्थापना गर्ने कार्यक्रम पनि साथै भएको थियो ।

Comments