युवाहरुको बेग्लै स्वंयसेवी टोली परिचालित हुने
बैशाख २०, २०७९, मङ्गलबार | विहान ११:२१ बजे | 40
भक्तपुर । वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनलाई केन्द्रीत गर्दे नेपाली काग्रेसको नेतृत्वको लोकतान्त्रिक गठन्धनले सूर्यविनायक नगरपालिकाका सबै वडामा युवाहरुको स्वयसेवी टोली प्रिचालन गर्ने नीति लिएको छ।
नेपाली काग्रेस सूर्यविनायक नगर, युवा परिचालन समितिका संयोजक सुभाष कार्की एव नेकपा(एकिकृत समावादी) का युवा संयोजक तेज श्रेष्ठले आयोजना गरेको छलफलमा प्रत्येक वडामा अधिक भन्दा अधिक युवाहरुको बेग्लै स्वंयसेवी टोली बनाएर चुनावमा परिचालिन गर्ने निर्णय गरेको छ ।
युवा स्वंयसेवी टोलीमा नेपाली काग्रेस, नेकपा (एकिकृत समाजवादी), नेकपा समाजवादीलगायत लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलका युवाहरु रहने कार्की बताउनुहुन्छ ।