चु्नावमा तीन हजार तीन सय ३३ परिचालित हुने


बैशाख २०, २०७९, मङ्गलबार | विहान ०८:५२ बजे | 45


चु्नावमा तीन हजार तीन सय ३३ परिचालित हुने

भक्तपुर । वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनलाई सफल पार्न र आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन नेपाली काग्रेसको नेतृत्वको लोकतान्त्रिक गठन्धनले सूर्यविनायक नगर समितिका सबै क्रियाशिल सदस्यहरुलाई निर्वाचनमा परिचालित गर्ने नीति लिएको छ ।
नेपाली काग्रेसका महासमिति सदस्य विष्णुराज कार्कीको संयोजक्रत्व  तथा नेकपा(एकिकृत समावादी)का सूर्यविनायक नगर कमिटीका अध्यक्ष श्रीकृष्ण बसुको उपसंयोजकत्वको समितिले सूर्यविनायक नगर समिति अन्र्तगतका सम्पूर्ण काग्रेस क्रियाशिल सदस्य र एकिकृत समाजवादीका पार्टी सदस्यहरुलाई निर्वाचन परिचालन समितिको सदस्य मनोनयन गरेको छ ।
परिचालन समितिका संयोजक विष्णुराज कार्कीले सूर्यविनायक नगर क्षेत्रका सम्पूर्ण क्रियाशिल सदस्यहरुलाई परिचालन समितिको सदस्यमा मनोनयन गरेको पत्राचार गर्नुभएको छ ।कार्कीका अनुसार सबै क्रियाशिल सदस्यहरु निर्र्वाचन प्रचार, प्रसारमा क्रियाशिल हुनेछन् ।
त्यसोत, सूर्यविनायक नगर क्षेत्रमा नेपाली कांग्रेसका क्रियाशिल र नेकपा(एकिकृत समाजवादी) का पार्टी सदस्य समेत ३ हजार ३ सय ३३ जनाको निर्वाचनमा परिचालित हुने कार्कीले बताउनुभएको छ ।

Comments