आयो चुनाव ः भक्तपुरका दुईवटा नगरपालिकामा सामान वितरण


बैशाख २०, २०७९, मङ्गलबार | विहान ०८:१६ बजे | 45


आयो चुनाव ः भक्तपुरका दुईवटा नगरपालिकामा सामान वितरण

भक्तपुर । चुनावको बेलाम मतदाताहरुलाई आफूतिर आकर्षित गर्न सामान बाँंडने विषय नौला होइन । अहिले पनि चुनावसँंगै काठमाडौं उपत्यकासँंगै जोडिएको भक्तपुर जिल्लाका दुई वटा नगरपालिकाहरुमा सामान वाँंडिएको पुष्टी भएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका र चाँंगुनारायण नगरपालिका क्षेत्रमा समान वाँंडेको पुष्टी भएको हो ।
जिल्ला प्रशाशन कार्यालय भक्तपुरले यसको पुष्टी गरेको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाको दुई नगरपालिकामा सामान बाँंडेपछि रोकको जानकारी गराइन् ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरको आयोजनामा मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीसहितको पत्रकारसँंग निर्वाचनबारे अन्तरक्रिया कायृक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले एक ठाउँंमा बाँंडिरहेको र अर्काे ठाउँंमा बाँंडने थाहा पाएपछि रोकिएको जनाइन् ।
एक ठाउँंमा ठूला राजनीतिक पार्टीले निर्वाचन लक्षित सामान बाँंडिरहेको खवर पाएपछि स्थानीय प्रहरी परिचालन गरी रोकेको जानकारी उनले गराइन् । उनले त्यहाँं कम्वल अनि थर्मस वितरण गरिरहेको जनाइन् । साथै अर्काे ठाउँंमा भोलि कार्यक्रम हुने र त्यहाँं सामान पनि वितरण गरिने जानकारी पाएपछि कार्यक्रम नै गर्न नदिएको उनले सुनाइन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठले जिल्लामा अहिलेसम्म १८ वटा आचारसहिताका घटना भएको जानकारी गराए । प्रहरीलाई जानकारी भएपछि त्यस्ता घटना हुन बन्द गराएको उनले बताए । कही प्रहरी पुगेर सम्झाइवुझाइ गरेपछि समस्या समाधान भएको र कही भने अटेर गरेको पाइएको उनले जनाए ।
कार्यक्रममा निर्वाचन आचारसहिता सम्वन्धी जानकारीमूलक प्रस्तुति पनि स्लाइटबाट देखाइए जानकारी गराइएको थियो ।   
आफनै घरको पाँचतल्लाबाट खसेर भक्तपुर नगरपालिका वडा नं. ८ लिवालीमा बस्ने वर्ष ४४ को लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको छ ।  गम्भीर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल थिमि लगेकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

Comments