भक्तपुरमा नेमकिपाका दुई र कांग्रेसका एक जना उम्मेदबार विजयी


बैशाख १७, २०७९, शनिबार | विहान ०९:१२ बजे | 235


भक्तपुरमा नेमकिपाका दुई र कांग्रेसका एक जना उम्मेदबार विजयी

भक्तपुर । स्थानीय तहको निर्वाचनमा भक्तपुरका ३ जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । भक्तपुर नगरपालिका वडा नम्वर ५ र १० र मध्यपुर थिमी नगरपालिका वडा नम्वर ५ का दलित महिला वडा सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन । सो पद्मा अन्य उम्मेदवार नभएकाले निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । निर्विरोध निर्वाचित भक्तपुर नगरपालिका वडा नं ५का सरिना द्यौला र १०का विष्णुमाया कामी नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हुन । भने मध्यपुर थिमीका लक्ष्मी देउला (पोडे) कांग्रेसका उम्मेदवार हुन ।


Comments