नेमकिपाको घोषणापत्र सार्वजनिक, देश वेच्ने पार्टीहरुलाई भोट नदिन आग्रह
बैशाख १५, २०७९, बिहीबार | दिउँसो ०२:१९ बजे | 35
काठमाडौ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले स्थानीय निकाय चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमा एमसीसीको पक्षमा यो निर्वाचन एमसीसीको पक्ष र विपक्षमा रहेकाहरुवीचको लडाई भएको जनाएको छ । एमसीसीको पक्षमा रहेका राजननीतिक दलहरुलाई मत नदिन घोषणापत्रमा आग्रह गरिएको छ ।
घोषणापत्रका मुख्यमुख्य बुँंद्धाहरु
१ अमेरिकी साम्राज्यवादको दबाबमा संसद्बाट एमसीसीपारित गरिएपछि देशको स्वतन्त्रता र सार्वभौमिकताजोगाउने सङ्घर्षमाजनतादुई खेमामाविभाजित छन्– एमसीसीका समर्थक प्रतिगामीदलहरू र एमसीसीविरोधी देशभक्तएवम् प्रगतिशीलपक्षहरू ।
२. नेपालमजदुर किसान पार्टीले यो सम्झौताको विपक्षमामतदिएको थियो । सम्झौताको पक्षमा नेका, माओवादी, एकीकृत समाजवादी (माधव नेपाल), जसपा (उपेन्द्र यादव) ले मतदिएकाथिए ।
३. सन् २००३ माबनाइएको एमसीसी ऐनमा ‘अमेरिकी स्वार्थको लागिलगानीभएको’ उल्लेख छ । तर, नेपालको शासकदलका नेताहरूले ‘लगानीहोइनसित्तैमाआउने अनुदान’ भनी भूmट बोले ।
४. नेमकिपाले एमसीसी सम्झौताखारेज गराउन देशभरि ४० भन्दा बढी जिल्लामा १०० भन्दा बढी जुलुस र सभासहितआन्दोलनग¥यो ।
५. अमेरिकीमन्त्रीले २०७८ माघ २७गते प्रम देउवा, माओवादीकाअध्यक्ष प्रचण्ड, एमालेकाअध्यक्षओलीलाई फोनमार्फत ‘सम्झौताअनुमोदननभए राम्रो नहुने’ धम्की दिएपछि संसद्बाट अनुमोदनगरियो ।
६. एमसीसी सम्झौतालगत्तै अमेरिकी सरकारले प्रम देउवालाई रुसको विरुद्ध युक्रेनको पक्षमामतदिनलगायो । यो नेपालको असंलग्न पराराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविपरीत हो ।
७. नवनाजीवादी र फासीवादीहरूको सहयोगमा राष्ट्रपति बनेका जेलेन्स्की युरोपमा युद्ध फैलाउन अमेरिकालाई गुहार्दै छन् । उनी संरा अमेरिका र नाटोका ‘कठपुतली’ हुन् । रुसले सकेसम्म सर्वसाधारणको मृत्यु नहोस् भन्नेमा सावधानीअपनाएको छ ।
८. रुसले युद्धको बीचमायुक्रेनको राजधानीकिभलाई प्राकृतिकग्यास पठायो, इन्टरनेट चालु राख्यो । अमेरिकाले गरेको इराक युद्धमा सबभन्दापहिले बिजुलीको तार र पानीकापाइपहरू काट्यो । परिणामतः लाखौ“ सर्वसाधारणको मृत्यु भयो । अमेरिकाले संसारभरि यसरी नै क्रूर आक्रमण गरेको थियो ।
९. सन् १९११ मै रुसकालागि अमेरिकी राजदूतजर्ज केननले रुसनजिक नाटो विस्तार नगर्न अमेरिकी सरकारलाई सचेत गराएकाथिए । यसकारण, युक्रेन सङ्कट पनि अमेरिकी साम्राज्यवादले नै निम्त्याएको हो ।
१०. संसारले श्रीलङ्का सङ्कटको कारण अमेरिकी र युरोपको पूर्वतर्फ नाटोको विस्तार नै भएको बुझ््दैछन् । ४० वर्षयताश्रीलङ्काले ऋण लिएर आयात बढाउन र ऋणको ब्याजतिर्नमै धेरै रकमखर्च ग¥यो । कुनै पनि देशको सरकारले आप्mनै खुट्टामा उभिने योजनाबनाउनु जरुरी भएको श्रीलङ्काको स्थितिले देखायो ।
शासकदलका नेताहरूले जाति, भाषा, धर्म, क्षेत्र, झूटा आश्वासनका कुरा गरेर एवम् निर्वाचनआचारसंहितालाई मिचेर पैसा दिएर, भोजभतेर खुवाएर, लुगा, टर्चलाइट, मोबाइल, माछा–मासु तथाग्यास सिलिन्डर बा“डेर निर्वाचनजित्दै आएकाहुन् । स्थानीय, प्रदेश र सङ्घीय सरकार एकसाथ सञ्चालन गरेकाशासकदलहरूले आफ्ना प्रतिबद्धता पूरा गरेनन् ।
स्थानीयनिकायको भ्रष्टाचार र बेरुजु पनित्यत्तिकै बढी छ । एक खर्बभन्दा बढी बेरुजु र भ्रष्टाचार जनताले चुनेकै जनप्रतिनिधिहरूबाट भएको समाचार तथा २० हजारभन्दा बढी अख्तियारमादर्ता भएको उजुरीले नेपालीजनताको शिर निहुरियो ।
नेमकिपाले बारम्बार सदन र सडकमा मतसीमा (थ्रेसहोल्ड) खारेजीको लागिआवाज उठाउदै आएको विषयहो मतसीमा (थ्रेसहोल्ड) को व्यवस्थाप्रजातन्त्रविरोधीतथाजाति, भाषा र धर्मको प्रतीकहो । यसकारण, नेमकिपाले सुरुदेखि नै कुनै जात–जाति, भाषा, धर्म र क्षेत्रको आधारमा राजनीतिकदललाई स्वीकृतिदिननहुने मत राख्दै आएको हो । प्रजातन्त्र र गणतन्त्रको नाममा पुजीवादीअधिनायकवादएवम् फासीवादको निम्ति बाटो खोल्नु देश र जनताको हितमा छैन ।
नगर प्रहरीकालागि स्थानीयपालिकाको सिफारिसमा योग्ययुवाहरूलाई केन्द्र र प्रदेश प्रहरीबाट तालिमको बन्दोवस्तगर्नु आवश्यक छ ।
बेरोजगार युवाहरू घर–खेत बेचीविदेश जा“दाहुने सामाजिकविकृति, आर्थिक क्षति र अनावश्यक मृत्युवरणलाई रोक्नआफ्नै देशमा रोजगारी दिनपालिकाहरूले कृषितालिम, डकर्मी, सिकर्मी तालिम र अन्यदक्षप्राविधिकमजदुरहरू तयार गरी देशको विकासमा सहयोग पु¥याउनेछन् ।
बस्ती बस्तीमा ढल र उपचार पोखरीको बन्दोवस्तगर्न प्राथमिकतादिलाउनअगुवाइआवश्यक छ ।
स्थानीयतहहरूको परम्परा र जनभावनाअनुकूलपालिकाहरूको क्षेत्रफलमिलानएवम् सन्तुलितविकास गर्न ढिलो गरिने छैन ।
गाउ“पालिकाहरूमाअनिवार्य र निःशुल्कप्राथमिकएवम् माध्यमिकशिक्षालागु गराउनतथानगरपालिकाहरूलाई क्षमताअनुसार महाविद्यालयहरू र प्राविधिकउच्चशिक्षालयसमेत स्थापना गराउन ढिलो गर्नु जनतालाई शिक्षाबाट वञ्चितगर्नु नै हुनेतर्फ सङ्घ र प्रदेश सरकारलाई बोध गराइनेछ ।
कृषि अर्थतन्त्रमाआत्मनिर्भर बनाउनपालिकाहरूकाजनतालाई शिक्षितगर्ने, घर–घरबाटै इटा, ढुङ्गा, सीसा, प्लास्टिक, काच, फलामका काटी–किलाजस्ता सामानअलग गराई पुनःप्रयोगमा पठाउने तथाकुहिने फोहोरबाट प्राङ्गारिक मलबनाउनउत्साहितगर्ने लगायतका योजनामागम्भीरता देखाउनु आवश्यक देखिन्छ । नत्र काठमाडौ“ महानगरपालिकाकै समस्या सबै पालिकाले भोग्नुपर्नेछ । यसमा सङ्घीय सरकार र प्रदेश सरकारहरूको आ“खाखोल्न आवाज उठाउनु जरुरी छ ।
सांस्कृतिकनगरपालिकावागाउपालिका घोषणा गराउनजोड दिइनेछ । हरेक सक्षमपालिकाहरूले सङ्ग्रहालयबनाउनसमेत ध्यान पु¥याउनु उपयुक्त हुन्छ । यसले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पर्यटन सेवालाई पनि सहयोग पुग्नेछ ।
सिपालु सिकर्मी र डकर्मीले काठ, ढुङ्गा, इटा र माटोको जोडाइको परम्परागत घर बनाउदा बलियो हुन्छ र नेपालीहावा–पानीअनुसार मिल्छ । यस्तो आवास बनाउनजोड दिइनेछ ।
नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरू विजयी स्थानीय तहलाई भक्तपुर नगरपालिका जस्तै देशकै नमुना हुने गरी सञ्चालन गरिनेछ ।
घोषणापत्रमा शिक्षालाई प्राथमिकतामा राखिएको छ । शिक्षाले मात्रै परिवर्तन सम्भब भएको भन्दै शिक्षालाई निशुल्क बनाउनुपर्ने उल्लेख छ ।
गाउपालिकाहरूमा अनिवार्य र निःशुल्क प्राथमिक एवम् माध्यमिक शिक्षा लागु गराउन तथा नगरपालिकाहरूलाई क्षमता अनुसार महाविद्यालयहरू र प्राविधिक उच्च शिक्षालयसमेत स्थापना गराउन ढिलो गर्नु जनतालाई शिक्षाबाट वञ्चित गर्नु नै हुनेतर्फ सङ्घ र प्रदेश सरकारलाई बोध गराइने घोषणापत्रमा उल्लेख छ ।