शक्तिको आडमा रातारात पार्टीको आधिकारिक उम्मेदवारबाट मलाई हटाइयो ः श्रेष्ठ


बैशाख १४, २०७९, बुधबार | दिउँसो ०३:४० बजे | 50


शक्तिको आडमा रातारात पार्टीको आधिकारिक उम्मेदवारबाट मलाई हटाइयो ः श्रेष्ठ

भक्तपुर । नेपाली काँग्रेस सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोटका प्रभावशाली युवा नेता एवं निवर्तमान वडा अध्यक्ष प्रभुभक्त माडी श्रेष्ठले आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा लड्ने भएका छन्।
नेपाली काँग्रेसको आधिकारिक रुपमा उम्मेदवार मनोनयनको औपचारिक पत्र (पार्टीको टिकट) लिई निर्वाचन आयोगमा दर्ता भएता पनि शक्तिको आडमा रातारात पार्टीको आधिकारिक उम्मेदवारलाई स्वतन्त्र बनाऊने खेल भएको श्रेष्ठको आरोप छ ।
“निर्वाचन आयोगमा दर्ता हुँदा पहिलो दर्तालाई आधिकारिकता दिनुपर्नेमा शक्तिको आडमा पछि दर्ता भएको उम्मेदवारलाई आधिकारिकता दिई पहिलो दर्ता भएको मलाई स्वतन्त्र उम्मेदवार बनाईयो“ उनले दुःखेसो पोखे।
उनको स्वतन्त्र उम्मेदवारीसंगै बालकोटमा छुट्टै राजनीतिक तरंग छाएको छ । श्रेष्ठ भने अबको चुनावमा पनि यहाँका जनताले पहिलाजस्तै आफुलाई विश्वास गरी साथ र सहयोग गर्नेमा ढुक्क छन्।

Comments