एमाले रोशी गाउँंपालिका प्रमुखमा देवसागर र उपप्रमुखमा वविता
बैशाख १३, २०७९, मङ्गलबार | दिउँसो १२:४१ बजे | 40
काभ्रे । यतिबेला देशैभरि निर्वाचनले माहोल तातीएसंगै राजधानी नजिकैको जिल्ला काभ्रेमा पनि माहोल तातेको छ । गठबन्धन भन्दा निकै छिटो र सजिलैसंग उम्मेदवार छनोट गरेको नेकपा एमालेले दिनभरीमा विभिन्न निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेको छ ।
जिल्लाको स्थानीय निर्वाचनमा विशेष चासोले हेरिएको रोशी गाउँपालिकाका सबै उम्मेदवारहरुले पनि आफ्नो मनोनयन दर्ता गरेका छन् । रोशी गाउँपालिकामा स्थानीय निर्वाचनका लागि नेकपा एमालेले प्रमुखमा देवसागर लामा र उपप्रमुखमा वविता बोहोरालाई अगाडी सारेको छ ।
रोशीकै अमलटारमा मनोनयन दर्ता गरेका एमालेका उम्मेदवारहरु यस प्रकारका छन्
प्रमुखः देवसागर लामा
उपप्रमुखः वविता बोहोरा
वडा नं १ः श्रीदास लामा
वडा नं २ः नन्दराज पोखरेल
वडा नं ३ः धनजित लामा
वडा नं ४ः तेज ब. राना मगर
वडा नं ५ः निरध्वज लामा
वडा नं ६ः हरीकुमार मैनाली
वडा नं ७ः मोहन सिं तामाङ
वडा नं ८ः चन्दन लामा
वडा नं ९ः जनम तामाङ
वडा नं १०ः कुमार हुमागाईं
वडा नं ११ः चन्द्रमाया तामाङ
वडा नं १२ः रामहरी रायमाझी