सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं ४ को वडा अध्यक्षमा विजेश हिमालयको उम्मेदवारी


बैशाख १३, २०७९, मङ्गलबार | विहान ११:४५ बजे | 50


सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं ४ को वडा अध्यक्षमा विजेश हिमालयको उम्मेदवारी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं ४ को वडा अध्यक्षमा स्थानीय विजेश हिमालयले उम्मेदवारी दिएका छन् ।
हिमालय इन्द्रावती गाउँपालिका नवलपुरका राजनीतिक घरानाका उम्मेदवार हुन् । यस अघि तत्कालिन पञ्चायतकालमा जीवनभर राप्रपामा योगदान गरेका स्व. रत्नदास हिमालयका सुपुत्र हुन् । हिमालयका बुबा स्व. रत्नदास पटक पटक प्रधानपञ्च भएर उक्त क्षेत्रको विकास तथा सामाजिक सुधारक लोकप्रिय नेता थिए । बाबुको जगमा टेकेर उम्मेदवार विजेश हिमालय राजनीतिमा सक्रिय हुन लागेका हुन् ।
हिमालय इन्द्रावती गाउँपालिकामा अवस्थित एसेलुखर्क कलेज तथा विद्यालयका व्यवस्थापन समितिमा रहेर विद्यालय तथा कलेज सुधारका कार्य गर्दै आएका हिमालय सामाजीक कार्यमा समेत लामो समयदेखि आफुलाई सक्रिय राख्दै आएका छन् । उनले इन्द्रावती गाउँपालिकामा राप्रपाकै पहलमा पहिलोपटक एम्वुलेन्स सेवा समेत प्रदान गर्दै निश्वार्थ सेवा गर्दै आएका थिए । मानविय सहयोग र सेवामा जीवन बिताएका हिमालय अब भने राजनीतिमा आएका हुन् । कसैको घरमा बिरामी वा अप्ठेरो पर्दा होस् वा आपत पर्दा रात दिन नभनी सहयोगका लागि घरमै पुग्ने हिमालय राप्रपा इन्द्रावती गाउँपालिकाका अध्यक्ष समेत हुन् । हिमालयको उम्मेदवारीपछि वडा नं ४ का स्थानीयहरुले बल्ल आफुले खोजेको जस्तो उम्मेदवारी पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।
इन्द्रावती गाउँपालिकामा २५ हजार  ६७० मतदाता रहेका छन् भने  पुरूष १३ हजार ३०३ र महिला  १२ हजार ३६७ रहेका छन् । मतदानस्थल १३ वटा र मतदान केन्द्र ३० वटा रहेका छन् ।

Comments