इन्जिनियर दिनेशले दिए मेयरमा स्वतन्त्र उम्मेदबारी
बैशाख १३, २०७९, मङ्गलबार | विहान १०:५३ बजे | 45
काठमाडौं । इन्जिनियर दिनेश थापामगरले नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदबारी दिएका छन् । इन्जिनियरले मात्रै देशको विकास गर्नसक्ने भन्दै उनले उम्मेदबारी हालेका हुन् ।
युवा उम्मेदबारलाई जिताऔ भन्ने उनको नारा रहेको छ । साथै उनले परिवर्तनका लागि आफूलाई भोट दिन सवैसँंग आग्रह गरेका छन् ।
उनी नेपाल इन्जिनियरिग कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरबाट सिभिल इन्जिनियरिगमा स्नातक गरेका युवा इन्जिनियर हुन् । उनको पश्चिम नेपालमा राम्रो पहुँंच छ । उनी त्यस क्षेत्रमा रोलमोडल इन्जिनियरका रुपमा छन् । विगत एक दशकदेखि उनी आफनै गाउँंठाउँंमा बसेर आफनो पेशा गर्दै आएका छन् ।