नेमकिपाबाट मध्यपुर थिमिको मेयरमा आशाहरि, उपमेयरमा दीक्षा
बैशाख १२, २०७९, सोमबार | विहान ११:४२ बजे | 35
मध्यपुर थिमि । नेपाल मजदुर किसान पार्टीले मध्यपुर थिमि नगरपालिकामा मेयर, उपमेयरसहित नौ वटै वडामा उम्मेदबारी दर्ता गरेको छ । पार्टीले वडाका नौ वटै वडामा वडा अध्यक्षसहितको उम्मेदबारी दर्ता गरेको हो ।
पार्टीबाट मेयरमा आशाहरि प्रजापतिले उम्मेदबारी दिएका छन् । उपमेयरमा भने महिलाको उम्मेदबारी परेको छ । उपमेयरमा दीक्षा बाडे श्रेष्ठले उम्मेदबारी दिएकी छिन् ।