कांग्रेसबाट व्यासको मेयरमा पुन न्यौपाने


बैशाख १२, २०७९, सोमबार | विहान ०९:३३ बजे | 90


कांग्रेसबाट व्यासको मेयरमा पुन न्यौपाने

विराज अधिकारी
दमौली
नेपाली कांग्रेसबाट व्यास नगरपालिकाको मेयरमा वैकुण्ठ न्यौपानेले पुन टिकट पाएका छन् । लामो रस्साकस्सीपछि व्यासको मेयरमा न्यौपानेले टिकट पाएका हुन् ।
त्यस्तै कांग्रेसबाट उपमेयरको उमेदवारका लागि ईन्दिरा दरै टिकट पाएका छिन् । यसअघि व्यासको मेयरमा अन्य उम्मेदवारको नाम पनि चर्चामा आएको थियो ।
गत निर्वाचनमा न्यौपाने एमालेका शंकरनारायण श्रेष्ठलाई पराजित गरी मेयरमा निर्वाचित भएका थिए ।

Comments