यी हुन् एमालेबाट चाँंगुनारायणमा वडा अध्यक्षमा लडने उम्मेदबारहरु
बैशाख १२, २०७९, सोमबार | विहान ०७:३४ बजे | 45
भक्तपुर । नेकपा एमालेले आफ्ना उम्मेदवारहरु टुंगो लगाएको छ । चाँगुनारायणमा मेयरमा हालका उपमेयरमा विना बास्तोला र रमेश बुढाथोकीलाई उपमेयरमा टुंगो लगाएको छ । एमालेले वडा अध्यक्षको पनि टुंगो लगाएको छ ।
एमालेबाट निर्वाचनमा होमिने वडा अध्यक्षहरुमा वडा नम्वर १ मा ईश्वर खड्का, दुईमा मनोज केसी, तीनमा श्यामसुन्दर धिमाल, चारमा रोजवहादुर तामाङ, पाँचमा अस्वीन गिरी, ६ मा विष्णु लामा , सातमा प्रकास लामिछाने, आठमा राजेश खड्का र वडा नम्वर ९ मा सुवास ढुंगानाले छनोट भएका हुन् ।
अघिल्लो निर्वाचनमा विजयी भएका श्यामसुन्दर धिमाल, यस्तै अघिल्लो निर्वाचनमा वडा अध्यक्षका नै उम्मेदवार मनोज केसी र सुवास ढुंगानाबाहेक अन्य नयाँ अनुहारलाई वडा अध्यक्षका रुपमा एमालले अगाडि सारेको छ ।