टिकट नदिएपछि भक्तपुर कांग्रेसका खायमलीले दिए राजीनामा


बैशाख १२, २०७९, सोमबार | विहान ०६:५१ बजे | 30


टिकट नदिएपछि भक्तपुर कांग्रेसका खायमलीले दिए राजीनामा

भक्तपुर । आफूलाई मेयरको टिकट नदिएपछि भक्तपुरका एक काँग्रेसी नेताले नेपाली काँग्रेसबाट राजिनामा दिएका छन् । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि नारायणभक्त खायमलीले सोमबार राजिनामा दिएका हुन् ।
सूर्यविनायक नगरपालिकाको मेयरका आकाक्षी खायमलीले आफू पार्टीको सबै तह र साधारण सदस्यको जिम्मेवारीबाट समेत अलग रहने बताउँदै नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिलाई राजिनामा दिएका हुन् । उनले पत्रमा मेयरको टिकट नदिएको विषयलाई घुमाउरो पारामा अभिव्यक्त गरेका छन् ।
उनले पार्टीमा बसेर योगदान गरेका व्यक्तिहरुलाई माथि उकास्नुको सट्टा उल्टो अपमान गरेको समेत भाव राजिनामामा उल्लेख गरेका छन् । उनको राजिनामाले सूर्यविनायक काँग्रेसलाई अफ्ठ्यारो पर्ने आंकलन गरिएको छ । त्यसको फाइदा सिधै एमालेलाई हुने खाले अभिव्यक्तिहरु सामाजिक सञ्जालमा भरिन थालेका छन् ।

Comments