स्थानीय निकाय निर्वाचन ः मध्यपुरमा ज्वाई जेठान भीडन्त


बैशाख १२, २०७९, सोमबार | विहान ०६:३८ बजे | 30


भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा ज्वाई जेठानको भीडन्त हुने निश्चित भएको छ । नेकपा एमालेबाट मेयर पदमा उम्मेदबार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदमै उम्मेदबार सुरेन्द्र श्रेष्ठवीच भीडन्त हुने निश्चित भएको हो । नाताले मदनसुन्दर र सुरेन्द्र ज्वाई जेठान हुन् । मध्यपुर थिमिमा मेयरका उम्मेदवार सुरेन्द्र मदनसुन्दरका जेठान हुन् ।
मदनसुन्दर वर्तमान मेयर पनि हुन् । नेकपा एमालेले नयाँ कार्यकालको लागि समेत मदनसुन्दरकै नाम अघि सारेपछि मेयरका लागि ज्वाइँ र जेठानको भिडन्त हुने पक्का भएको हो । मध्यपुर नगरको कार्यपालिकामा यसअघि पनि काँग्रेस उम्मेदवारको बहुमत भए पनि लोकप्रिय मतका आधारमा मेयरमा मदनसुन्दर विजयी भएका थिए । नेपाल मजदुर किसान पार्टीसँंग गठबन्धन गरेर मदनसुन्दर मेयरमा विजयी भएका थिए । उक्त मेला एमालेबाट मदनसुन्दर मेयर र नेपाल मजदुर किसान पार्टीबाट उपमेयरको भागवन्डा लगाइएको थियो । तर नेपाल मजदुर किसान पार्टीबाट उपमेयरका उम्मेदबार हारेका थियो ।

Comments