भक्तपुरमा भयो सता गढवन्धनवीच सहमति, यस्तो छ बाँंडफाँंड
बैशाख ११, २०७९, आइतबार | दिउँसो ०१:२२ बजे | 60
भक्तपुर । भक्तपुर, मध्यपुर र सूर्यविनायक नगरपालिकाको मेयर काँग्रेसलाई, उपप्रमुख एस र माओवादीलाई दिने गरि सहमति भएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी ) र नेकपा ( माओवादी केन्द्र ) बीच सहमति भएको हो । जिल्लाका चार नगरपालिकामध्ये चाँगुनारायण नगरपालिकाकाहेक अन्य तीन वटा नगपालिकाहरुमा गठबन्धनबीच सहमति भएको हो ।
सहमति अनुसार भक्तपुर नगरपालिकाको प्रमुख पद नेपाली कांग्रेस उपप्रमुखमा नेकपा (एकिकृत समाजवादी)लाई, मध्यपुर थिमि नगरपालिकाको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख नेकपा (माओवादी केन्द्र) दिएको हो । सूर्यविनायक नगरपालिकाको प्रमुख नेपाली कांग्रेस र उपप्रमुखः नेकपा (एकिकृत समाजवादी)लाई दिएको छ ।