आयो निर्वाचन ःमहिलाहरुलाई साडी वितरण ः प्रहरीले लियो नियन्त्रण


बैशाख १०, २०७९, शनिबार | दिउँसो ०३:१५ बजे | 30


आयो निर्वाचन ःमहिलाहरुलाई साडी वितरण ः प्रहरीले लियो नियन्त्रण

काठमाडौ । निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरी नगरपालीका बलम्बु काठमाण्डौबाट निर्वाचन आचार संहिता बिपरित स्थानीय महिलाहरुलाई साडी बितरण गर्न लागिएको भन्ने सूचना प्राप्त हुन आएको छ । उक्त सूचनाको आधारमा तत्कालै प्रहरी बृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा चन्द्रागिरी नगरपालीका वडा नं. ८ को वडा कार्यालयको भवनबाट स्थानीय महिलासमूहलाई बितरण गर्न तयारी अवस्थामा राखिएको साडी थान–११० नियन्त्रणमा लिइएको छ । उक्त घटनाको सम्बन्धमा प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments