छोरी बुहारी समूह ब्यासीबाट नव बर्ष २०७९ को शुभकामना आदानप्रदान सम्पन्न
बैशाख १०, २०७९, शनिबार | दिउँसो ०३:०२ बजे | 60
भक्तपुर । छोरी बुहारी समूह ब्यासीको आयोजनामा आज दिदी बहिनीहरु बीच नयाँ बर्ष २०७९ को अबसर पारी शुभकामना आदानप्रदान यथा चियापान कार्यक्रम आयोजना गरियो । कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नपा २ वडाका अध्यक्ष हरिप्रसाद बासु कलाले बिकास निर्माणबारे चर्चा गर्दै भक्तपुर नगरपालिका नमूना नगरको रुपमा बिकास भैरहेको बताउनुभयो । उहाँले शहरको ब्यबस्थित बिकासको लागि देको ,मिबा इतापाखे जग्गा आबास योजना भक्तपुर नगरपालिकाले संचालन गरेको हो , नाफाको लागि होइन भन्दै नयाँ बर्षको शुभकामना ब्यक्त गर्नु भयो । । समाजसेवी तथा सल्लाहकार गणेश प्रसाद सुवालले आर्थिक समस्या समाधानको लागि बचत कार्यक्रम संचालन गर्नु राम्रो हो ।छोरी बुहारी समूहले सदस्यको हित र रोजगारीको निम्ति तालिम पनि आयोजना गर्नु पर्छ भन्नु भयो । छोरी बुहारी समूहका सल्लाहकार एवं ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले बचत गर्नै बानीको विकासले आपतमा सहयोग पुग्छ ।बचतको साथै समय समयमा समसामयिक बिषयमा गोष्ठी तथा कार्यक्रम आयोजना गर्न आबश्यक छ । स्वास्थ्य सबैभन्दा ठूलो धन हो , स्वास्थ्य शिविरहरु पनि संचालन गर्नु पर्छ भन्नु भयो । छोरी बुहारी समूहका अध्यक्ष धर्म लक्ष्मी लघुको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्यहरू बबी मैया लघु र रोशन मैया सुवालले बचतको महत्व माथि प्रकाश पार्दै नव बर्ष २०७९ को अवसरमा सदस्यहरुको सु(स्वास्थ्य र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको थियो ।