भक्तपुर नगरपालिका थप नयाँं कलेज चलाउने योजनामा


बैशाख १०, २०७९, शनिबार | दिउँसो ०१:५२ बजे | 60


भक्तपुर नगरपालिका थप नयाँं कलेज चलाउने योजनामा

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिका थप नयाँं कलेज सञ्चालनको योजनामा रहेको बताएका छन् । सेवा निबृत शिक्षक समाज भक्तपुरले शनिबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नयाँंनयाँं विषय अध्यापनका लागि नयाँं कलेज सञ्चालन गर्ने योजना रहेको सुनाए ।
सात वटा कलेजहरु सफलतापूर्वक सञ्चालन गरिरहेको भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले विश्वविद्यालय सञ्चालन गर्न नसकिरहेको कारण थप अन्य कलेजहरु सञ्चालन गर्ने योजना रहेको बताए । सम्वन्धन प्राप्त गरी चिकित्सा विज्ञानलगायतका विभिन्न विषयको अध्यापन हुने कलेजहरु सञ्चालन गर्ने योजना नगरपालिकाको रहेको उनले बताए ।
कर्यक्रममा सेवा निबृत शिक्षक समाजका सल्लाहकार बालमुकुन्ड बासुकला, अध्यक्ष अम्विकामान मानन्धर, उपाध्यक्ष रामगोपाल कर्माचार्य, कोषाध्यक्ष विश्वराम कवां, सदस्यद्धय ज्ञानसागर प्रजापति, तुल्सीराम ग्वाछालगायतले सेवा निबृत शिक्षकका विविध विषयमा चर्चा गरे ।

Comments