भक्तपुरको लिवालिस्थित मर्निङ ग्लोरीका बालबालिकाहरु दिक्षित


बैशाख १०, २०७९, शनिबार | विहान ११:२६ बजे | 10


भक्तपुरको लिवालिस्थित मर्निङ ग्लोरीका बालबालिकाहरु दिक्षित

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ८ लिवालिस्थित मर्निङ ग्लोरी किन्डरगार्टनका ससाना बालबालिकाहरु शनिबार एक कार्यक्रमवीच दिक्षित भएका छन् । भक्तपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष महेन्द्र खायमलीले उनीहरुलाई दिक्षित गरेका हुन् । साथसाथै बालबालिकाहरुलाई पुरस्कार वितरण पनि गरियो । किन्डरगार्टनले गरेको विभिन्न प्रस्तुतिहरुमा उत्कृष्ट तथा सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा ब्राइट स्किल एजुकेशन सेन्टर कमलविनायककी चिफ टे«नर देभन जोशी, भक्तपुर नगरपालिका वडा नं ८ का वडा सदस्य कृष्णगोपाल छुस्याबाग, पारेन्स टिचर्स एसोसिएसनका अध्यक्ष नारायणप्रसाद मचामसी, किन्डरगार्टन व्यवस्थापन समितिका अध्यक्ष कमिनिका न्चाइच्याई, किन्डरगार्टनका डेपुटी गभर्नर जगतनारायण ग्वाछा, किन्डरगार्टनका सचिव सुन्दर श्रेष्ठ, प्रिन्सिपल स्वर्णीमा मुललगायतले बालबालिकाको शिक्षाकोबारेचमा चर्चा गरे ।

Comments