पुस्तक दिवस ः पुस्तकलाई संकटबाट बचाऔं


बैशाख १०, २०७९, शनिबार | विहान ०२:०५ बजे | 25


पुस्तक दिवस ः पुस्तकलाई संकटबाट बचाऔं

सुनील सापकोटा
आज बिश्व पुस्तक दिवस। बर्षमा कुनै न कुनै दिन प्रायः  पर्व वा दिवस परी नै रहन्छ । मलाई पनि समय काटन त्यस सम्बन्धमा लेख्न जाँगर चलिरहेछ । कति दिनसम्म यो जाँगर चल्ने हो त्यो थाहा छैन ।
विगत केही बर्षदेखि वा भनौं ईन्टरनेट आएदेखि हाम्रो देशमा मात्र नभइ संसारभरी नै पुस्तक , प्रीन्ट मिडिया(समाचार पत्र ) ले बिस्तारै बिस्तारै संकटको सामना गरिरहेको अवस्था छ । पहिले जस्तो पढने बानी प्रायः कसैमा पनि छैन र पुस्तकहरु बिक्री वितरण पनि  त्यति हुदैनन् ।
टि.भि र ईन्टरनेट बाट  “ साउन्ड , स्याडो र लाइट “को मिश्रण को जिवन्त दृश्यले आवाज र अक्षर लाई पछाडि पार्दै गइ रहेको छ।  सबैको पढने बानी हराएको अवस्था छ । हामी जस्ता पौढ लाई त त्यति फरक न पर्ला तर अहिलेका केटाकेटीहरु र हाम्रो भावी सन्ततिको लागि खतरनाक अवस्था छ जस्तो मलाई लाग्छ । किनभने केही बैज्ञानिकहरुको भनाइ मा अब हाम्रो केटाकेटीहरु लाई टि. भि. र ईन्टरनेटले समाज बाट विमुख बनाएर एक्लो पर्दै बिस्तारै अवसादग्रस्त ( डिप्रेसन)
मा पुर्याउदै छ अरे। मानसिक बिरामीको संख्या दिनहुँ वृद्धि हुनुमा एउटा कारण यो पनि छ अरे। उनिहरुको भनाइ अनुसार आउँने हाम्रा नयाँ पुस्तालाई मानसिक बिरामी बाट बचाउने र उनिहरुको आँखा लाई स्वस्थ राख्ने हो भने केटाकेटीहरु लाई किताबको दुनियाँमा फर्काइ पढने बानी बसाल्नु पर्छ अरे। किताब पढदा मानिसको कल्पना शक्तिको उर्वरता पनि बढदछ अरे। त्यसैले यो विश्व पुस्तक दिवसको अवसरमा म सबै केटा केटीहरुका माता पितामा आफ्नो बच्चाहरु लाई राम्रा राम्रा ज्ञान  वर्धक  पुस्तकहरु अभ्यास गराउन हुन हार्दिक अनुरोध गर्दछु ।
बढता के लेखौं । बिश्व पुस्तक दिवसको अवसरमा सबैलाई शुभकामना –––––

Comments